३० जेठ, अर्घाखाँची ।
उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ हो ।
जेठ २३ गते लगेको स्वाब नै हराएपछि दुई दिनदेखि शव व्यवस्थापनमा कठिनाइ भएको छ । परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी–४, खनकै रातुका चौरमा शव राखिएको थियो ।
जेठ २३ गते स्वाब सङ्कलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाब हराएपछि आज बिहान पुनः स्वाब पठाइएको थियो । उनलाई मङ्गलबार सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो । उपचार गरी घर फर्कंदैगर्दा उहाँको गोरुसिङ्गे सन्धिखर्क–सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । स्वाबको नतिजा आएकाले शवको व्यवस्थापन नियम अनुसार गर्ने काम भइरहेकोे प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।
याे सँगै नेपालमा काेराेना सङ्क्रमणबाट मृत्यु भएकाहरूकाे संख्या १६ पुगेकाे छ ।