सरकारले तोकेको भन्दा सस्तो भाडामा नेपाली स्वदेश फर्काउँदै दूतावास

योगेन्द्र योगी
३० जेठ, दोहा ।
नेपाल सरकारले आफ्नो नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन तोकेको भाडादर महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई स्वदेश फर्काउन लागेको जनाएको छ।

Advertisement

दूतावासका अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब नेपाली रुपैयाँ ६२ हजार धेरै महंगो भएको र पीडितहरु नेपाली श्रमिकहरुले महँगो भाडा तिर्न गारो हुने भन्दै सस्तोदरमा नेपाल पठाउन तयारी थालेको छ ।

ओमानबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन । अमेरिकी २९९ डलर अर्थात करिब ३४ हजार नेपाली रुपैयाँमा स्वदेश फर्कन सक्ने दूताबासले जनाएको छ ।

Advertisement

नेपाल सरकारको सूची अनुसार ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख गरिएको थियो। ओमानबाट पहिलो जहाज असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश दूताबासले जनाएको छ ।

त्यसैगरी, दोस्रो उडान आउँदो जुन २१ अर्थात असर ८ मा सलाम एअर मार्फतै हुने गरी तय भएको दूताबासले जनाएको छ । उक्त उडानको पनि एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ।

Advertisement

सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा (वा दूतावासको जानकारीमा भएबमोजिम तपसिलको तालिकामा उल्लेख गरिएबमोजिमका स्वास्थ्य संस्थाहरूमा) कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न सकिने दूताबासले जनाएको छ ।

कोरोनाको पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top