३० जेठ, पोखरा ।
गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी दिएको छ ।
शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् । यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।