विदेशमा अलपत्र ५११ नेपालीको उद्धार

२९ जेठ ७७, शुक्रबार

३० जेठ, लण्डन।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।

अहिलेसम्म म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिसकिएको सङ्घले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणपछि महिला, बालबालिकालगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली सङघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनसीसी, कुवेत र युएईलाई छ हजार डलर सहयोग गरेको थियो ।

अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । विभिन्न मुलुकबाट कूल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड–१९ को प्रभावका कारणले मलेशिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन् ।

यस्तै सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड–१९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा सङ्घले करिब रु ७० लाख आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली सङ्घले अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top