सरकारी पोर्टलमा छैन लिम्पियाधुरासहितकाे नक्सा

काठमाडौं : नेपाल सरकारको आधिकारिक पोर्टलमा पुरानै नक्सा राखिएको छ। नेपाल सरकारले नयाँ नक्सा जारी गरेको महिना दिन हुन लाग्दा पनि आधिकारिक पोर्टलमा लिम्पियाधुरासहित नक्सा राखिएको छैन।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

आधिकारिक पोर्टलमा प्रवेश गर्दा सबैभन्दा पहिले नक्सा नै आउँछ। त्यहाँ पुरानै नक्सा स्पष्ट देख्न सकिन्छ। पुरानो कालापानी र लिपुलेकसम्म मात्रै समेटिएको नक्सा पोर्टलमा छ।

नेपालका ७ प्रदेश, सात सय ५३ स्थानीय तहका साथै देशको इतिहास, भूगोल, भाषा, जनता, ठाउँलगायत सबै जानकारी प्राप्त गर्ने माध्यम नै आधिकारिक पोर्टल हो। देशको सबै जानकारी हुने पोर्टलमा नेपालको नक्सा नै गलत राख्नु गैरजिम्मेवारीपन भएको जानकारहरू बताउँछन्।

Advertisement

मन्त्रिपरिषद्ले जेठ ५ गते निर्णय गरेर ७ गते लिम्पियाधुरासहित नक्सा जारी गरेको थियो। नक्सा राजपत्रमा प्रकाशन भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै मन्त्रालयमा नयाँ नक्सा प्रयोगका लागि परिपत्र गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top