१० अर्बको विवरण सार्वजनिक हुँदा पनि नेविसंघ सडकमै

१० अर्बको विवरण सार्वजनिक हुँदा पनि नेविसंघ सडकमै

१ असार, काठमाडौँ ।
कांग्रेस निकट विद्यार्थी संगठन नेपालविद्यार्थी संगठनले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए । जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृतिको अन्त्य गर्दै रुकुम घटनाका दोषिलाई कडा कारवाही हुनुपर्ने माग उनले राखे ।

नेविसंघ महामन्त्री मनोज बैद्यले जनताको मतलिएर जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताए ।
विजुली बजारबाट नाराबाजी गर्दै ठूलो संख्यामा विद्यार्थीहरु बानेश्वर पुगेका थिए । ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथी, निन्द्रा तिमीलाई पनि पटक्कै नलाग्दो हो सुत्न खोज्दा राती’नारा लेखिएका प्लेकार्डहरु प्रदर्शनकारीहरुले बोकेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.