×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भूमि बैंक स्थापनाको तयारी सुरु, संसदीय समितिमा छलफल

३ असार २०७७

३ असार, काठमाडौं ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि बैंक स्थापना गर्ने सम्बन्धमा छलफल सुरु गरेको छ ।

सरकारले बजेट मार्फत नै भूमि बैंकलाई प्राथमिकतामा राखेपछि समितिले छलफललाई अगाडि बढाएको छ । छलफलमा भू उपयोग ऐनको स्प्रिट अनुसार भूमि बैंकको स्थापना गर्ने विषयमा चलखेल हुन थालेको भन्दै समितिको ध्यानाकर्षण भएको समितिका सभापति पूर्णकुमारी सुवेदीले बताइन् ।

Advertisement
Advertisement

उनले अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कम्पनी मोडलमा भूमि बैंकको स्थापना गर्न खोजेको भन्दै त्यसमा समिति सचेत बनेको स्पस्ट पारिन । उनले भूमाफियाहरुले कुनैपनि रुप र रंगबाट चलखेल गर्न सक्ने विषयमा आफुहरु सचेत रहेको र भूमि बैंकलाई बाँझो जमिनको अधिकतम उपयोग हुने गरी स्थापना गर्ने सम्बन्धमा छलफल अगाडि बढाइएको बताइन् ।

उनले भनिन ‘हामीले विचौलियाहरुले, माफियाहरुले कतै फेरी उनीहरुले फेरी अर्को रुप र रंगबाट चलखेल गर्ने त होइनन् भन्ने विषयमा हामी सचेत छौं ।’ मन्त्रालयबाट कम्पनीको मोडलमा लैजाने गरी कार्य योजना ल्याउन लागिएको भन्दै सभापति सुवेदीले समितिले कम्पनी मोडलामा भूमि बैंक स्थापना हुन नदिने बताइन् ।

उनले भू उपायोग ऐनमा ल्याएको प्रस्तावमा पनि कम्पनी मोडलमा जाने भन्ने नरहेको स्पस्ट पारिन् । उनले भनिन ‘मलाई के लाग्छ भने हिजोको मिटिङमा मन्त्रालयका तर्फबाट सचिवले एउटा कम्पनीको मोडलमा लैजाने सोच छ हाम्रो भन्ने खालको प्रस्ताव गर्नुभयो ।

सबै माननिय सदस्यहरुले यो हुन्न है यो हाम्रो समितिको मन्त्रालयले हिजो भू उपयोग ऐनमा ल्याएको प्रस्ताव पनि थिएन् र हामीले समितिमै छलफल गर्दा बाँजो जग्गालाई कसरी सदुपयोग गर्ने उपयोग गर्ने भन्ने विषयको छलफलको निष्कर्समा हामीले भूमि बैंक भनेका हौं ।

यसको अहिलेको मोडल भनेको अन्यकहिं देशमा भएको मोडल पनि होइन हाम्रो मौलिकतामा, हाम्रो आफ्नै नेपालको आफ्नो संस्कार संस्कृति हाम्रो कृषि, पेशा, कर्म, व्यवसाय सँग सम्बन्धित छ ।’ भूमि बैंकलाई कम्पनी मोडेलमा लगिए घातक हुने समेत सभापति सुवेदीले बताइन् ।

स्थानीयतहमा बाँझो जग्गामा खेति गर्ने र उत्पादनलाई वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले भूमि बैंकको अवधारणा आएको बताइन् । उनले भनिन ‘यो खतरनाक विषय हो । त्यसमा सचेत हुन पर्छ र हामी हाम्रो भू उपयोग ऐनको स्प्रीट, त्यतिबेलाको छलफलको स्प्रीट भनेको यो कम्पनीमा जाने होइन् ।

कम्पनीमा लाने होइन् । हिजो समितिका धेरै सदस्यहरुले हाम्रो स्प्रीट भनेको समितिको स्प्रीट भनेको भूमि बैंकको स्प्रीट भनेको कम्पनीमा लैजाने होइन् भन्ने नै छ । नाममात्रै विकल्पको रुपमा भूमि बैंक दियौं तर यो वास्तविक के हो त भने स्थानीयतहमै बाँझो जग्गाको रेकर्ड राख्ने अनि स्थानीयतहकै किसानहरु भूमिहिन किसानहरु सबैलाई ल आउ यो बाँझो जग्गामा खेतिकिसानी गर गाई पाल्ने हो कि कुखुरा पाल्ने हो कि खेति किसानी गर्ने हो कि कुन खेति कुन ठाउँमा कसरी हुन्छ यो सबै गर्ने र सबै उत्पादनलाई बढाउने र कृषिमा आत्मनिर्भर हुने भन्ने उद्देश्यले नै भूमि बैंकको अवधारणा लिएर आएको हो ।’

समितिको मंगलबार बसेको बैठकमा भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयका सचिव केदार न्यौपानेले भूमि बैंक स्थापनाका विषयमा बुझाई फरक देखिएको बताए । उनले भूमाफियाहरु हटेर जाने गरी नै भूमि बैंक स्थापना गर्न लागिएको बताए ।

उनले भूमि बैंक कम्पनी मोडलमा भएपनि संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहको साझेदारीमा मात्रै स्थापना हुने बताए । उनले भूमि बैंकलाई मुद्राको कारोबार गर्ने बैंकसँग तुलना गर्न नमिल्ने बताए । भूमि बैंकको स्थापना भएपछि भूमिलिने र दिने बिचको कारोबार सहज बन्ने र भूमाफियाहरुले अवसर नपाउने उनले स्पस्ट पारे ।

सरकारले बजेट मार्फत भूमि बैंक स्थापना गर्नका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको सचिव न्यौपानेले बताए । उनले चालु आर्थिक वर्षको अन्तिमदेखि नै कामलाई अगाडि बढाउने गरी गृहकार्य भइ राखेको समेत जानकारी दिए ।

बैठकपछि समितिले भूमि बैंकलाई कम्पनी मोडलमा लैजान नहुने निष्कर्ष निकाल्दै एक महिनाभित्र कार्यविधि र कार्ययोजना तयार गरि समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ ‘जमिन बाँझो राख्ने कार्यलाई दुरुत्साहन गर्न र जमिनको उत्पादकत्व बढाउन किसानका हातमा जमिन पु¥याउने गरी भूमि बैंकको स्थापना र सञ्चालन गर्ने विधायकि मनसाय हो ।

Advertisement

जसले खाद्य सुरक्षा प्रवर्दनमा समेत सघाउ पुगि उत्पादकत्व वृद्धि हुन जान्छ । तसर्थ किसानको सहभागितामा प्रत्येक स्थानीयतहमा भूमि बैंक स्थापना गरी जमिनको उच्चतम उपयोग हुनेगरी स्पस्ट कार्यविधि तथा कार्ययोजना तयार गरी एक महिनाभित्र समिति समक्ष पेस गर्न भूमि मन्त्रालयलाई निर्देशन दिने ।’

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top