घर भाडा आधा छुटको गृहकार्य

६ असार ७७, आइतबार

काठमाडौं : कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताएका हुन् ।

कोरोनाका कारण पर्यटन व्यवसाय शून्यमा झरेकाले भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको छ । यतिबेला निकै चलायमान (सिजन) हुने ठमेल आजभोलि सुनसान जस्तै छ । होटल, रेस्टुरेन्ट, मनी एक्सचेन्ज, टे«किङ पसल र डिस्कोबाहिर घाँस उम्रिएको अवस्था छ ।

Advertisement

ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषद्ले जनाएको छ । तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ ।

पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत्, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ ।

Advertisement

पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले आग्रह गरेको जनाएको छ ।

‘हाम्रो ठमेल राम्रो ठमेल’ बनाउने अभियान निरन्तर जारी रहेको स्पष्ट पार्दै समितिका संयोजक शर्माले घर भाडा ५० प्रतिशत छुट गर्ने कुरा दुवै पक्षको पूर्ण सहमतिपछि सार्वजनिक रूपमा नै घोषणा गर्ने बताए ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

सम्बन्धित समाचार

Scroll to Top