दुबईबाट फर्केका ९४ जना गर्भवती वैधानिक हुन्, मिडियामा आएको भ्रम र यथार्थ

योगेन्द्र योगी
७ असार, दोहा ।

Advertisement

गत शुक्रबार संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर उडान मार्फद १ सय ४८ जना नेपाली लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको जहाज नेपाल फर्कियो ।

फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नेपाली श्रमिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका थिए ।

Advertisement

१ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक थिए भने ३ जना जेष्ठ नागरिक पनि थिए । सामाजिक संजाल प्रयोगकर्ताहरुले लगायत नेपाली मिडियाहरुले विभिन्न हेडलाइन राखेर समाचार प्रकाशन गर्न पनि भ्याए I

सामाजिक संजालमा ब्यापक नकारात्मक सन्देश फैलाएको भन्दै एनआरएनए युएई उपाध्यक्ष पासाङ्ग शेर्पाले भने – ‘शुक्रबार नेपाल फर्केका ९४ जना गर्भवती चेलीहरु यो महामारीको समयमा युएईको महंगो प्रसुती खर्च जोगाउन वा आफ्नै देशमा आफन्त परिवार माझ सुलभ प्रसुती र हेरचाह हुन्छ भनेर फर्केका वैधानिक गर्भवतीहरु थिए ।’

Advertisement

उपाध्यक्ष पासाङ्ग शेर्पाका अनुसार २७ जनाका त श्रीमानहरु पनि संगै फर्केका थिए भने अन्यका श्रीमानहरु एयरपोर्टसम्म छोड्न आएका थिए। बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु थिए ।

शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् –’दुबई एयरपोर्टमा म स्वयं र बिकाश शाही सबै यात्रुहरुको सहजीकरणको लागि खटेका थियौँ भने हरेक यात्रुसंग हामीले आफै अन्तरक्रिया समेत गरेको हुनाले सामाजिक संजालमा देखिएको नकारात्मक टिप्पणीहरु आधारहिन भएको जानाकारी गराउनको साथै सबै विकृत मानसिकताको उपजका कारण लेख्ने टिप्पणीकारहरुको तुच्छ सोचलाई हार्दिक श्रद्धाञ्जलीको लोप्पाले लोपारिदिएको जानकारी समेत गराउदछु ।’

तसर्थ आम संचार जगत बिशेष गरि नेपाली मिडियाले सत्य तथ्य बुझेर मात्र कलम चलाउदा उचित होला । सोच अलि बदलौ कसैको पनि चरित्र हत्या गरेर लाईक कमेन्ट बटुल्ने काम नगरौँ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top