नागरिकताको सात वर्षे सर्तले रोटीबेटीको सम्बन्धमा दरार पर्ने विपक्षी दलको ठहर

नागरिकताको सात वर्षे सर्तले रोटीबेटीको सम्बन्धमा दरार पर्ने विपक्षी दलको ठहर

७ असार, काठमाडौँ ।
सत्तारूढ नेकपाको सचिवालयले गरेको निर्णयअनुसार नै नागरिकता विधेयक संसद्बाट पारित हुने स्थिति आए भारतसँग परापूर्वकालदेखि चल्दै आएको ‘रोटीबेटी’ को सम्बन्धमा दरार आउने भन्दै विपक्षी कांग्रेस, राजपा र समाजवादी पार्टीले त्यसको स्वामित्व नलिने निर्णय गरेका छन् ।

नेकपा सचिवालय बैठकले गरेको निर्णयबमोजिम विधेयक पारित भए नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने छ । तत्कालीन अन्तरिम संविधानका आधारमा बनाइएको नागरिकता ऐन २०६३ को प्रावधानअनुसार त्यस्ता महिलाले विवाह गरी आएलगत्तै नागरिकता पाउँदै आएका छन् ।

पछिल्लो पटक भारत र नेपालको सीमा विवादमा अंगीकृत पृष्ठभूमिका केही सांसदले निर्वाह गरेको भूमिकाले सबैलाई शशंकित बनाएको छ । यसैको बलमा नेकपा नेपाली पुरुषसँग विवाह गरी आएको विदेशी महिलाले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने गरी नागरिकता विधेयक अघि बढाउने निष्कर्षमा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.