×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

४ सय ६२ को मास्क ओम्नी समूहबाट ८ सय २८ रुपैयाँमा खरिद

८ असार २०७७

८ असार, काठमाडौं ।

कोभिड १९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको पाइएको छ ।

Advertisement
Advertisement

संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको बताए ।

यस्तै खरिद प्रक्रिया अगाडि बढाएर सम्झौता गरेपछि मात्रै बजेटको माग गरिएको पाइएको सभापति शाहले बताए । यस्तै खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको उनले बताए ।

प्रारम्भिक छलफलमा सहभागी नभएको अनिता बिजनेस हाउस प्रा.लि. वार्तामा सहभागी गराएको र कोटेशन लिएको, लागत अनुमान नेपाली रुपैयाँमा तयार गरी अमेरिकी डलरमा सम्झौता गरेको कारणले स्वास्थ्य सामग्रीको मूल्यमा तलमाथि परेको समेत उनले बताए ।

ओम्नी बिजनेस प्रालि (ओबिसिआई) सँग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको र दुई दिन म्याद बाँकी छदैं २०७६ चैत २० गते खरिद सम्झौता रद्ध गरेको र कालो सूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) लाई पत्राचार गरेको तर उक्त कम्पनीबाट मन्त्रालयलाई भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति भराउने काम नगरेको तथ्यहरु प्रारम्भिक अध्ययनमा फेला परेको सभापति शाहले बताए ।

एन ९५ मास्कको लागत अनुमान ४ सय ६२ रुपैयाँ ५० पैसा रहेकोमा गैरकानुनी रुपमा लागत अनुमान भन्दा बढी हुने गरी ८ सय २८ रुपैयाँ ६७ पैसामा ओम्नी बजिनेसबाट खरिद सम्झौता गरेको तर एक महिना अघि सोही सामान खरिद गर्दा लगात अनुमान २ सय ६५ रुपैयाँ ४८ पैसा रहेको र प्रस्ताव न्यूनतम ६ सय ४८ रुपैयाँ परेकोमा खरिद नगरेको देखिएको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

यस्तै सार्वजनिक निकायको एक वर्ष भित्र गरिने खरिदको लागत अनुमान एकै मूल्यमा हुनुपर्नेमा एक महिना अघि थर्मोमिटर खरिद गर्दा ४ हजार रुपैयाँ मूल्य कायम गरेको तर ओम्नीबाट खरिदका लागि ७ हजार ५ सय रुपैयाँमा सम्झौता गरेको देखिएको छ ।

ओम्नी बिजनेससँग कार्य सम्पादन जमानत जफत गर्न बैंकलाई पत्राचार गरेको तर जफत भएनभएको जानकारी प्राप्त नभएको, कम्पनीले सम्झौता अनुसार खरिदमा पु¥याएको क्षतिको असुलउपर नगरी गुणस्तर परिक्षण नगरी मालसामान उपयोग गरी गैर कानुनी रुपमा भुक्तानी दिएको सभापति शाहले बताए ।

Advertisement

२०७७ वैशाख २३ गतेका दिन विज्ञ समितिको तर्फबाट दिएको प्रतिवेदनमा पीसीआर मेसिन स्वीकृत स्पेशिफिकेशन अनुसार नभएको, आय रिपोर्टमा थुप्रै कुराहरु नभएको देखाएको तर त्यसको वास्ता नगरी समान लिएर वितरण गरिएको, नेपाल गुणस्तर तथा नापतौल विभागको राय मुताविक औषधि व्यवस्था विभागले सामग्रीको गुणस्तर अनुमान गर्नुपर्ने सुझाव दिएको तर औषधि व्यवस्था विभागबाट अनुगमन नगरी नगराई सामग्री उपयोग गरेको, जनस्वास्थ्य प्रयोगशालामा सामग्रीको परीक्षण नभएको, प्रयाप्त संख्यामा निर्धारित समयमा सामग्री प्राप्त नभएको तर उक्त सामग्री बुझी विभिन्न निकायलाई वितरण गरेको विवरण दिएको भनिएपनि त्यसको सदुपयोग नभएको कुनै तथ्याङ्क उपलब्ध नगराएको प्रारम्भिक अध्यनबाट देखिएको सभापति शाहले बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top