कतारबाट १४५ जना नेपाली लिएर उड्यो हिमालय एयरलाइन्स

८ असार ७७, मंगलबार

योगेन्द्र योगी
९ असार, दोहा ।

कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराए अनुरूप दोश्रो चरणमा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको उडान न: एच ९५६३२ बाट १ सय ४५ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

यो उडानमा ३ बालबालिका, ६१ जना महिला र बाँकी ८४ पुरुष रहेको दूतावासले जनाइएको छ । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए प्रतिनिधि लगायत हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Advertisement

अब अर्को उडान भोली अर्थात जुन २४ तारिकमा फेरी हिमालयन एयरलाइन्स मार्फत हुने दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिएका छन् । दूतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको थियो ।

Advertisement

उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्ने गरेको छ । यस अघि आममाफी पाएका ४३ जना,२० वटा शव र नेपाल एयरलाइन्स मार्फद एक सय ४९ जना स्वदेश फर्किसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top