राष्ट्रपतिसमक्ष महालेखापरीक्षक प्रतिवेदन पेश

२८ चैत ७४, बिहीबार

काठमाडौँ, २९ चैत ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यतालिका छ । सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने व्यवस्था छ ।

महालेखापरीक्षकमा आफू नियुक्त भएको ११ महिनाभित्र २०७४ सालको नियमित र सोभन्दा अघिका लेखापरीक्षण गर्न बाँकीसमेत गरी छ हजार १६ निकायको आर्थिक कारोवारको परीक्षणपपछि देखिएका विषय प्रतिवेदनमा उल्लेख गरिएको शर्माले जानकारी दिए ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top