NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

शुक्रबार चैत्र ३० , २०७४
A A
Advertisement
नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

तेह्रथुम, ३० चैत ः प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो ।

मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि टुटे, पाँचपोखरी, तीनजुरे, चौकी, मंगलबारे हुँदै गुफाबजारसम्म पदयात्रा गरेको छ । ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’को नाम दिएको पदयात्रा मंगलबार धरानबाट बुढासुब्बा मन्दिरको दर्शन गर्दै धनकुटाका भेँडेटार, धनकुटा र हिले क्षेत्रका डाँडाकाँडा घुम्दै पदयात्रा तेह्रथुम आइपुगेको हो । वसन्तपुर हुँदै गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रबाट ताप्लेजुङको पाथीभरालाई गन्तव्य बनाएर पदयात्रा थालिएको पदयात्रा महोत्सव मूल समारोह समितिका संयोजक टंक श्रेष्ठले बताए । ‘अलौकिक प्राकृतिक छटाको मनोहरा, अबको गन्तव्य पाथीभरा’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित पदयात्राले प्रदेश नं १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन लक्ष्य राखिएको संयोजक श्रेष्ठले बताए ।

“यहाँका आकर्षक गन्तव्यबाट गुराँसको राजधानी टिएमजे, कञ्चनजंघा, मकालु र कुम्भकर्ण क्षेत्रको दृश्यावलोकन गर्दै पाथीभरा पुगेर पाँचथर–इलामबाट फर्किने नयाँ पर्यटकीय मार्ग तयार गर्ने लक्ष्य हो,” श्रेष्ठले भने । पदयात्रा टोलीमा पूर्वका तेह्रथुम, संखुवासभा, ताप्लेजुङ सहितका जिल्लामा जन्मिएर राजधानीमा बसोबास गर्नेहरु बढी छन् । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, संखुवासभाका सांसद राजेन्द्र गौतमसहित पूर्वका राजनीतिक नेतृत्व, सामाजिक तथा व्यावसायिक छवि बनाएका व्यक्तिहरु सहभागी छन् । टोलीमा करीब एकसय जना रहेका पदयात्रा समितिका संयोजक श्रेष्ठले बताए । पदयात्रामार्फत यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि यी जिल्लाका समन्वय समिति र स्थानीय तहले पनि सहकार्य गरेका छन् ।

Advertisement

पाथीभरा देवीको मन्दिर पूर्वको धार्मिक, सांस्कृतिक रुपले प्रसिद्ध रहेको र योसँगै आसपास रहेका पर्यटकीय गन्तव्यलाई एउटै सर्किटमा जोडेर पर्यटकीय मार्ग विकास गर्न लागिएको पदयात्रा महोत्सव आयोजना गरिएको मूल समारोह समितिका सह–संयोजक रमेश बरालले बताए । पदयात्रामार्फत लक्ष्य गरिएको पर्यटकीय मार्गमा विश्वको तेस्रो र नेपालको दोस्रो उच्च शिखर कञ्चनजंघाससहित अन्य पाँच वटा आठ हजारमिटर माथिका अग्ला हिमाल रहेका छन् । सोही पर्यटकीय मार्गले २८ प्रजातिका गुराँस पाइने टिएमजे वन र नेपालकै अग्लो ह्यात्रुङ झरना, प्रसिद्ध दिकिछ्योलिङ गुम्बा, फुङफुङे झरना, तिङवुङ पोखरी, फत्ताङलुङ जस्ता आकर्षक गन्तव्य रहेका छन् । गुराँसको राजधानीका रुपमा चर्चित टिएमजे क्षेत्रमा विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइन्छन् ।

यहाँको हिमाली क्षेत्रमा विश्वकै दुर्लभ जन्तु रेडपाण्डा पनि पाइन्छ । पदयात्रामार्फत यहाँ पाइने धार्मिकस्थल, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, विविध वनस्पतिका बारेमा स्थानीयवासी तथा सरोकारवाला छलफल र संरक्षणमा लाग्नका निम्तिसमेत छलफल र बहसको उठान गर्ने बरालले बताए । पदयात्रा टोलीले बुधबार वसन्तपुरबाट टुटे देउराली, आर.आर. गार्डेन, तीनजुरे–चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सूर्यास्तको दृश्यावलोकन गरेकोे छ । बिहीबार बिहान मेन्छ्यायेम डाँडाबाट सूर्योदयका साथै कञ्चनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन र मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराँसको अवलोकन गरी साँघु हुँदै टोली ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकनपछि तेल्लावुङ ढुंगेसाँघुमा पुग्नेछ ।

शुक्रबार पदयात्रा टोली ताप्लेजुङ फुङलिङमा कार्यक्रम गरी, सुकेटार हुँदै पाथीभरा फेदी पुग्नेछ । वैशाख १ गते नव वर्षमा पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमशृंखलाको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन गर्दै टोली सुकेटार बस्नेछ । आइतबार पाँचथरको हिलिहाङ दरबार, सिलौटे, पौवाभन्ज्याङ, कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्दै काठमाडौँ फर्किनेछ ।
रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.