काठमाडौँ महानगरपालिका काठमाडौं प्लाजामा सर्दै, वार्षिक भाडा ६० लाख !

११ असार ७७, शुक्रबार

काठमाडौं : चार वर्षदेखि भाडाको घरमा बस्दै आएको काठमाडौ महानगरपालिका नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने भएको छ ।

काठमाडौं प्लाजामा कामपा मुख्यालय रहने भएपछि त्यहाँ रहेका बैक वित्तीय संस्था र अन्य कार्यालयलाई समस्या परेको छ । महानगरले जी टु जी (सरकार–सरकारबीच) सम्झौता अनुसार १० वर्षसम्मको लागि सो भवन भाडामा लिन लागेको हो ।

आफ्नो भवन तयार नहुन्जेलसम्म काठमाडौं प्लाजा भाडामा दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । वार्षिक करिब ६० लाख ५० हजार रुपियाँ तिर्ने गरी सम्झौता गर्ने तयारी भइरहेको कामपाले जनाएको छ ।

Advertisement

कामपाका सहसचिव राजेश्वर ज्ञवालीले सरकारसँग सम्झौता भएपछि कार्यालय राख्न सहज हुने बताउनुभयो । उहाले भन्नुभयो–‘सम्झौता गर्ने अन्तिम तयारीमा छौं, सम्झैता भएको दुई महिनामा कार्यालय सार्नेछौं ।’

‘विभिन्न स्थानमा छरिएको विभाग र महाशाखालाई एकै स्थानमा ल्याउन काठमाडौं प्लाजालाई छनोट गरेका हौं ।’ –सहसचिव ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार नेपाल ट्रस्टको कार्यालयले खालि गराएको दुई महिनामा सबै कार्यालय सार्ने योजना छ ।, यो खबर अजाको नेपाल समाचारपत्रमा छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top