जिउँदैलाई मरेको बनाई सम्पत्ति कब्जा

१२ असार ७७, शुक्रबार
Share this
688shares

काठमाडाैं : बालाजुकी ६४ वर्षीया लक्ष्मी पुतुवार फागुन १४ गते नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगिन्। तर त्यहाँ उनको नागरिकता नबन्ने अवस्था आयो। किनकि वडाको सिफारिस आवश्यक भए पनि उनले लगेकी थिइनन्। उनले त आफैंलाई मृत भनेर अर्कैले झन्डै २५ वर्षअघि बनाएको मुचुल्काको कागजमात्र बोकेकी थिइन्।

Advertisement

सहायक प्रजिअ तुलसी पौडेलले उनको मुचुल्काको फाइल पल्टाए। जीवित मान्छेलाई कागज (सर्जिमिन) मा मृत भनेर घोषणा गरिएको पाइएपछि लक्ष्मीसँग आवश्यक सोधपुछ भयो। लक्ष्मीले आफ्नो नागरिकता नबनेको र कागजमा आफूलाई मृत भनेर लेखिएको बताइन्। ‘हाउभाउ र बयानबाट उहाँ पीडित नै देखिनुहुन्छ। कागजी रूपमा भने मृत घोषणा गरिएको छ,’ सहायक प्रजिअ पौडेलले भने, ‘यो गम्भीर विषय हो। यसबारे हामी अनुसन्धान गर्छौं।’

२०१२ सालमा जन्मिएकी लक्ष्मीको हालसम्म नागरिकता बनेको छैन। नागरिकताका लागि सहायता लिन उनी पाँच महिनाअघि बालाजु प्रहरी कार्यालय र आफ्नो बसोबास रहेको वडा १६ को कार्यालयमा पुगेकी थिइन्। तर वडाले सिफारिस दिन मानेन। त्यसपछि उनी फाइल बोकेर जिल्ला प्रशासन कार्यालय आएकी थिइन्।, यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top