×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्वारेन्टिनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार

१५ असार २०७७

१५ असार, बैतडी ।

क्वारेन्टिनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए ।

शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका ती व्यक्तिको आइतबार दाहसंस्कार गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए । जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई दासंस्कारका लागि दिइएको हो ।

आवश्यक सुरक्षा सतर्कता अपनाएर सुरक्षितरुपमा परिवारका निश्चित मान्छे सहभागी भएर दाहसंस्कार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । उनले भने, “रिपोर्ट आउन समय लाग्ने र पछि शव बिग्रने र घरपरिवारका मान्छेलाई पनि चिन्ता हुने भएकाले दाहसंस्कार गर्न लगायौैँ ।”

शव परीक्षणका क्रममा यही कारण मृत्यु भएको भन्ने खासै केही पनि नदेखिएको जिल्ला अस्पतालका डाक्टर वसन्तराज जोशीले बताए । मृतकको कोरोना तथा पिसिआर परीक्षणको स्वाब सङ्कलन गरी धनगढी पठाइएको छ । सो नगरपालिकामा हाल ३० जना कोरोना सङ्क्रमित रहेका छन् । भने जिल्लाभरि २३३ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top