रानीपोखरीको पिँध र पर्खालको काम सम्पन्न

१५ असार ७७, मंगलबार

१५ असार,काठमाडौं ।

रानीपोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पाँच वर्षअघिको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनःनिर्माणअन्तर्गत उपभोक्ता समितिमार्फत पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले प्राधिकरणलाई सोमबार जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिने बताए ।

Advertisement

विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो । गत वैशाख १२ गते गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिनअगावै यो कामसक्ने तालिका भए पनि कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण प्रभावित भएको थियो ।

पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकाशे पानी सङ्कलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्न प्राथमिकता दिने तयारी भएको बताउनुभयो । पानी नपुग भएमा भूमिगत स्रोतबाट राख्ने व्यवस्था मिलाउने जानकारी पनि उनले दिए ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top