१६ असार, काठमाडौं । हिमालय एयरलाइन्स् र चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
हिमालय एयरलाइन्सलाई दक्षिण एसियाको एक अग्रणी वायुसेवाका रूपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको कम्पनी जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधिका उपज र समाधानका उपायहरुबाट अधिकतम लाभ लिने क्रममा हुवावेले हिमालय एयरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवामार्फत् यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदान गर्ने जनाइएको छ ।
सम्झौतापत्रमा हिमालय एयरलायन्सका अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ्ग सुइजेनले हस्ताक्षर गरेका छन् ।
कम्पनीका अध्यक्ष इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन ।
कार्यक्रममा दुवै संस्थाहरुलाई बधाई दिदैँ नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको बताएका छन ।