ब्यारेक भवन उद्घाटन भइरहेका बेला हिरासतमै एक अभियुक्तले गरे आत्महत्या

१६ असार ७७, बुधबार

१७ असार, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालयको नवनिर्मित ब्यारेक भवन उद्घाटन गरिरहेका बेला हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा १३ असारमा पक्राउ परेका थिए । उनको कोरोना (कोभिड–१९) भाइरस परीक्षण भइनसकेकाले हिरासतको छुट्टै कोठामा आइसोलेसनमा राखिएको थियो ।

Advertisement

ट्वालेटमा छिरेर ननिस्किएपछि प्रहरी अधिकारीले उनलाई बोलाएका थिए । यद्यपि, नबोलेपछि गएर हेर्दा झुण्डिएका अवस्थामा भेटिएका उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top