ओमनबाट तेस्रो उडानमार्फत १८० जनालाई नेपाल ल्याइँदै

१७ असार ७७, बिहीबार

योगेन्द्र योगी
१८ असार, दोहा ।

कोरोना लगायत विभिन्न समस्यामा परेका नेपाली नागरिकहरुको लागि ओमानबाट थप उडानको तय भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार मस्कटबाट १० जुलाइमा सलाम एयरले काठमाडौँका लागि उडान भर्ने छ भने सो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्किने छन् । यसअघि पनि सलाम एयरको २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका छन् ।

Advertisement

यो उडानका लागि पनि सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा तोकेको दूतावासले जनाएको छ । तेस्रो उडानको सूचीमा दूतावासले प्राथामिकताको आधारमा १८० जनाकाे नाम सार्वजानिक गरेको छ ।

Advertisement

सो उडानमा फर्कने नेपालीले २० केजी बराबरको लगेज र ७ केजीसम्मको ह्याण्ड ब्याग ल्याउन पाउने दूतावासले जनाएको छ । कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि यात्रुले हवाई टिकटका लागि सलाम एयरको कलसेन्टर २४२७२२२२ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आइसकेपछि सिधै होम क्वारेन्टिनमा बस्न पाउने दूतावासले जनाएको छ । थप कुनै सहयोग चाहिएमा दूतावासमा ७१५९२४९० मा फोन गर्न सकिने छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top