संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

१८ असार, काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री शिवमायामा तुम्बाहाङ्फेले जानकारी दिइन्।

मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन् ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो।

झन्डै १ घन्टा राष्ट्रपतिसँग छलफल गरेपछि प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.