×

NEPAL TIMES UPDATES

Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026
Playing
इन्धन खपत ३०% घट्यो तर आर्थिक गतिविधि “स्लो–डाउन“|| Nepal Times
May 15, 2026
Playing
रवि नै रास्वपाको सभापतिमा दोहोरिने, महामन्त्री भन्छन् यसमा शंका छैन् || Nepal Times
May 15, 2026
Playing
किन चाहियो सांसद्लाई स्वकीय सचिव ? अधिकृत स्तरको सुविधा ब्युत्याउने|| Nepal Times
May 15, 2026
Playing
बालेनको हातमा सुपरपावर,एआई, साइबर,गुप्तचरदेखि सुरक्षासम्म || Nepal Times
May 15, 2026
Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026

अनुमति बिना सञ्चालनमा आएका ट्याक्सी कारबाहीमा

१८ असार २०७७

१८ असार, काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ ।

Advertisement
Advertisement

दैनिक चार पाँच सयको संख्यामा सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकमै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ति सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए ।

सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए । अत्यावस्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी सहजिकरण गरिएको उनले बताए ।

पछिल्लो समय ट्याक्सी व्यवसायीहरु बैंकको किस्ता तिर्न र जीवन यापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरु देखिन थालेपछि प्रहरीले सवारीसाधनको जाँचलाई कडाई गरी सञ्चालनमा आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो ।

Advertisement
Advertisement

सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ । सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top