×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बिहीबार नेप्से ६ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द

१८ असार २०७७

१८ असार, काठमाडौं । बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ ।

बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री भएको छ ।

Advertisement

बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यस पछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रोपटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरी ५ प्रतिशतले नेप्से घटेपछि दोस्रोपटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरी १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो ।

सोमबार देखि खुलेको बजार सोमबार केही अंकले घटेको थियो भने मंगलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेर कारोबार बन्द भएको थियो । तर बिहीबार भने लगातार घट्दो क्रममा तीन पटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।

बाजरमा कारोबारमा आएका समूह मध्ये म्यूचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ । जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ । होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यि दुवै कम्पनीको ६ करोड रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ ।

Advertisement

बजार घटेपनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले कमाएका छन् । स्वाबलम्बन लघुवित्तका शेयरधनीले आज ८ प्रतिशतले कमाएका छन् । सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीका शेयरधनीले ९ प्रतिशत माथि गुमाएका छन् । जसमध्ये सोल्टी होटलका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top