म्यान्मारमा पहिरोमा परी एक सय दश जना भन्दा बढीको मृत्यु, कैयौँ बेपत्ता

१७ असार ७७, बिहीबार

१८ असार, एजेन्सी । भारी वर्षाका कारण म्यान्मारको कचिन प्रान्तमा पहिरोमा परी एक सय दश जना भन्दा बढीको ज्यान गएको छ । बिहिवार विहान गएको पहिरोमा परी कैयौँ मजदुरहरु बेपत्ता भएको जनाईएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उक्त घटना हुँदा २५० फिट माथि मजदुरहरु काम गरिरहेका थिए । त्यहाँको प्रशासनले दुई सय बढीको ज्यान गएको आशंका गरेको छ ।

Advertisement

उक्त क्षेत्रमा एक हप्ताअघिदेखि भारी मात्रामा पानी परिरहेको थियो । भारी वर्षाकै कारण उद्धार कार्यमा मुस्किल परिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ।

Advertisement

म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top