×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साम्राज्ञीविरुद्ध भुवनले दिए कलाकार संघमा उजुरी

१८ असार २०७७

१८ असार, काठमाडौँ ।
कलाकार एवं निर्माता भुवन केसीले कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुव्र्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका छन् । उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग पनि गरेका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै छानविनको माग गरेका हुन् ।

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्नामी भएको भुवनले दाबी गरेका छन् । उनको उजुरीमा लेखिएको छ ‘आजभन्दा ५/६ वर्षअगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुव्र्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’

Advertisement
Advertisement

केही दिनदेखि साम्राज्ञी र भुवनबीच सामाजिक सञ्जालमा दोहोरी चलिरहेको छ । सम्राज्ञीले भुवन केसीतिर लक्षित गर्दैे भुवनले आफुलाई दु्रब्यबहार गरेको आरोप लगाएकी छिन् ।

सो आरोपको खण्डन गर्दै केसीले बिहीबार सामाजिक सञ्जाल फेसुबकमा साम्राज्ञीलाई मानहानी हुने सामाग्री सार्वजनिक नगर्न चेतावनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् ।

साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामाजिक सञ्जालमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेतावनी पनि उनले दिएका छन् । उनले लेखेका छन्– ‘आफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटो कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिब ४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुनस् त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सुचित गर्दछु ।’

यसअघि साम्राज्ञीले इन्स्टाग्राममा आफूलाई तीन ठूला ब्यानारका फिल्मसँग सम्बन्धित व्यक्तिहरुले दुव्र्यवहार गरेको बताउँदै आएकी थिइन् ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top