पहिरो र हिउँले अवरुद्ध छाङरु–तिंकर बाटो बनाए सशस्त्रले, स्थानीय जनता खुशी

१८ असार ७७, शुक्रबार

१९ असार, दार्चुला।
सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुदेखि तिंकरसम्मको घोडेटो बाटो मर्मत गरेको छ।

ठाउँठाउँमा सुख्खा पहिरो र हिउँले अवरुद्ध बाटोलाई छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)को टोलीले स्थानीयसँगको सहकार्यमा घोडेटो बाटो सुरु गराएको हो। सुख्खा पहिरोका कारण लामो समयदेखि उक्त बाटोबाट आवतजावत बन्द थियो। सशस्त्रले बाटो सुचारु गराएपछि स्थानीय जनता खुशी भएका छ्न्।

छाङरुको बीओपी प्रमुख इन्स्पेक्टर लिलीबहादुर चन्दले करिब १० ठाउँमा बिग्रिएको बाटो स्थानीयसँग मिलेर मर्मत गरिएको बताए। ‘एक महिना अघि कुञ्जा सर्नेक्रममा हामीले स्थानीयको सहयोगमा बाटो बनाएका हौं। त्यतिखेर सञ्चार सुविधा नहुँदा यो सूचना सार्वजनिक भएन,’ उनले भने।

Advertisement

यता नेपाली सेनाले सदरमुकाम खलंगादेखि कालापानी क्षेत्रको छाङरुसम्म बिग्रिएको घोडेटो बाटो निर्माण गरिरहेको छ। घाटीबगरमा क्याम्प खडा गरेर सेनाले ४५० मिटर बाटो मर्मत गर्न लागेको हो। सुख्खा पहिरो हटाउनुपर्ने र चट्टान फुटाउनुपर्ने भएकाले सेनालाई सडक बनाउन समय लागेको छ।

असार मसान्‍तभित्र निर्माण गरिसक्ने सेनाको लक्ष्य छ। दार्चुलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले एकै दिन ३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बिहीवार जिल्लाको मालिकाअर्जुन गाउँपालिका ४ जोलजिबी, लेकम गाउँपालिका ३ लाली र ब्यास गाउँपालिका २ दुम्लिङमा बीओपी स्थापना भएको हो।

Advertisement

यसअघि दार्चुलाको छाङरुङमा बीओपी स्थापना भइसकेको छ। योसँगै दार्चुलामा बीओपीको संख्या ४ पुगेको छ। बिहीवार सशस्त्र प्रहरी बल नम्बर ७ बैध्यनाथ बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बीओपीको उद्घाटन गरेका हुन्।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

सम्बन्धित समाचार

Scroll to Top