पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

१८ असार ७७, शुक्रबार

१९ असार, काठमाडौँ ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । असार २ गते मूल्यसूची आए पनि बन्दाबन्दी र पेट्रोलियम पदार्थको कारोबार नभएको अवस्था भएकाले छिटो निर्णय नलिइएको उपाध्यायले बताए ।

Advertisement

उनले भने, “हामीले चैत १९ गते एकैचोटी प्रतिलिटरमा १० रुपियाँ घटाएका थियौँ, त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा घटेर नै आएको थियो, यसबीचमा मूल्य समायोजन गरिएको थिएन तर मूल्यसूची बढेर आइरहेकै थियो । बन्दाबन्दीका कारणले समायोजनको प्रभावकारिता थिएन । ”

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालित स्वाचित मूल्यसूची प्रणाली हरेक १५÷१५ दिनमा अपडेट हुनु पर्दछ तर कोरोनाको बन्दाबन्दीका कारण सवारीसाधन वन्द भएपछि पेट्रोलियम पदार्थको कारोबार ठप्प थियो ।

Advertisement

बन्दाबन्दीमा कारोबार २० प्रतिशतमा झरेको थियो । आशिंक रूपमा सवारीसाधन खुलेपछि कारोबार वृद्धि भएको छ । प्रवक्ता उपाध्याय भन्छन्, “स्वचालित मूल्य छोडेका छैनौँ । समय परिस्थितिअनुसारको निर्णय हो ।

चैत १९ मा एकैचोटी १० रुपियाँ घटाउनु पनि समय परिस्थिति थियो, स्वचालित मूल्य प्रणालीभन्दा माथि उठेर एकैचोटी १० रुपियाँ घटाएको थियौँ, अहिले फेरि बढेर आएको छ, हामी उचित समयमा समायोजन गर्छौं । ” निगमका अनुसार कच्चा तेलको मूल्य दोब्बरले बढेको छ । ४२ ब्यारेलबाट अहिले प्रतिब्यारेल एक सय ६४ पुगेको छ ।

मूल्यवृद्धि भए पनि प्रतिलिटर १६ पैसा पेट्रोलमा घाटा भइरहेको उपाध्यायको भनाइ छ । हवाई इन्धनको कारोबार अहिले पनि २० प्रतिशतमै सीमित छ । हाल औसतमा दैनिक १२ सय ७५ किलोलिटर पेट्रोल र ४४ सय ५७ किलोलिटर डिजेल बिक्री भइरहेको छ ।

भारतमा पनि पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको छ । नेपालमा मूल्य समायोजन गरेर वृद्धि गरिए पनि भारतमा भन्दा सस्तो रहेको उपाध्यायले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा भारततर्फ भन्दा नेपालमा पेट्रोल तथा डिजेल ४० रुपियाँले सस्तो छ ।

पेट्रोलियम पदार्थको आपूर्ति सहज भए पनि सार्वजनिक यातायात र हवाई यातायात ठप्प हुँदा कारोबार हुन नसकेको निगमले जनाएको छ । निगमले असार १६ गते पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि गरेको थियो । (गोरखापत्र)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top