×

NEPAL TIMES UPDATES

Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026
Playing
इन्धन खपत ३०% घट्यो तर आर्थिक गतिविधि “स्लो–डाउन“|| Nepal Times
May 15, 2026
Playing
रवि नै रास्वपाको सभापतिमा दोहोरिने, महामन्त्री भन्छन् यसमा शंका छैन् || Nepal Times
May 15, 2026
Playing
किन चाहियो सांसद्लाई स्वकीय सचिव ? अधिकृत स्तरको सुविधा ब्युत्याउने|| Nepal Times
May 15, 2026
Playing
बालेनको हातमा सुपरपावर,एआई, साइबर,गुप्तचरदेखि सुरक्षासम्म || Nepal Times
May 15, 2026
Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026

बर्थिङ सेन्टर निर्माण विवादः झडपपछि प्रहरीले गर्‍यो हवाई फायर, २ जना घाइते

१९ असार २०७७

१९ असार, धनुषा ।
धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा झडप भएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको हो । दुहबी र गोबराहीको स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

Advertisement
Advertisement

बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान दुई पक्षबीच झडप भएको प्रहरले जनाएको छ । भीड तितरबितर बनाउन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

बर्थिङ सेन्टर निर्माणको विषयमा झडप हुँदा २ जना घाइते भएको र उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटना स्थलमा जिल्ला प्रहरीको टोली पठाइएको छ ।

Advertisement
Advertisement

शुक्रबार बिहानैदेखि सिमावर्ती दुहबी गोबराही तनावग्रस्त बनेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top