×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

विवाद वार्ताबाट मिलाउन नेकपाका नेताहरु धर्नामा

१९ असार २०७७

१९ असार, काठमाडौँ ।
पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् ।

पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ । नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उनले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए । नीतिलाई प्राथमिकतामा राखेर अगाडी बढेमा समस्या समाधान हुने उनले बताए ।

Advertisement
Advertisement

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधान भएर अगाडी बढ्दा यस्तो समस्या आएको बताइन् । व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरु अगाडी नबढेको भए यस्तो सममस्या नआउने उनले बताइन् । विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने उनले बताइन् ।

अर्का सदस्य जगन्नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरु सल्बलाउन लागे उनीहरु एक्लो पर्ने बताए । पार्टी विभाजनको सोच राख्नेहरुले सपना देखेपनि एक्लै हुने जिकिर गर्दै उनले पार्टी पंक्तिलाई कुनै क्षति नपुग्ने बताइन । उनले कार्यकर्ताहरुलाई नडराएर पार्टी एकताको पक्षमा वकालत गर्न आग्रह गरे । सबै समस्याको समाधान सम्बाद र विधानको पालना गरेर निस्किने उनले बताए ।

Advertisement

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पक्ष बलियो हुँदै गएको छ । मदन जन्म जयन्तीका अवशरमा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरु समेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टी भित्र विवाद बढेको हो । स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आएका छन । सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरी आउने आशंका नेकपा नेताहरुले गरिरहेका छन् । दुई अध्यक्षबीचमा छलफलका लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top