×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा प्रवेश, ह्वात्तै बढ्यो जोखिम

१९ असार २०७७

१९ असार, काठमाडौं ।

केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।

Advertisement
Advertisement

कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारमा नदेखिँदा उनीमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक समूह लागेको छ । परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जोखिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

‘पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी कन्ट्रयाक ट्रेसिङ गरिरहेका छौँ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।’ ‘त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा स¥यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा सङ्क्रमण भएको हो’, डा.गौतमले अनुमान गर्दै भने ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।

सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन । त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ । नाकामा अझै कडाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अप्नाएर काम गर्न जरुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा.अनिल कार्कीले बताए ।

बिहीबार मात्रै उपत्यकामा ३२ जना कोरोना सङ्क्रमित फेला परे । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ललितपुर र भक्तपुरका दुई÷दुई जना सङ्क्रमित फेला परेका छन् । उपत्यकामा मात्रै अहिलेसम्म कूल १५६ जनामा सङ्क्रमण भइसकेको छ । जसमा ११० जना काठमाडौँ जिल्लाका मात्रै छन् । ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति छन् । आज मात्रै सङ्क्रमित नयाँ बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । योसँगै मुलुकभर ३२ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएकामध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौँ मै गरिएको परीक्षणका क्रममा चीनको उहानबाट आएका नेपालीमा देखिएको थियो । दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो ।

विगतमा काठमाडौँमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहले काठमाडौँ कै रैथाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले उपत्यकामा नसोचेको व्यक्तिमा सङ्क्रमण देखिएकाले कन्ट्रयाक ट्रेसिङको काम थालिएको बताए । ‘हरेक मान्छे पोजेटिभ छ भनेर हामीले सोच्नुपर्छ, तब नियन्त्रण गर्न सकिन्छ, उहाँले सतर्कता अपनाउन आग्रह गर्दै भने– ‘हामी होसियार भएनौ भने उपत्यका जोखिममा छ ।’

एक अध्ययन प्रतिवेदनअनुसार उपत्यकामा अहिले ७० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । तीस प्रतिशतले अझै लापरवाही गरिरहेका छन् । पहिलो त अनिवार्य मास्क लगाउने, त्यसपछि राम्ररी हात धुने, सेनिटाइजर प्रयोग गर्ने, जोरजुलुस नगर्ने र गरेका ठाउँमा नजाने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने गर्दा सङ्क्रमण हुनबाट बच्न सकिन्छ ।

इटाली र स्पेनमा भएको लापरबाहीबाट हामीले पाठ सिक्नुपर्ने चिकित्सकको सुझाव छ । एक अध्ययनले अमेरिकामा राम्ररी मास्क लगाएको भए ३० हजार मानिसको ज्यान जोगाउन सकिने थियो । त्यसैले शत प्रतिशत मानिसले मास्क लगाउनैपर्छ डा.गौतमले भने । उनका अनुसार अब क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या घट्दै गएकाले त्यो सकिएपछि एक चरणमा सङ्क्रमण दर न्यून देखिने र त्यसपछि समुदायस्तरमा देखिन सक्छ । अहिलेदेखि नै सावधानी अपनाउन सके समुदायमा हुने नियन्त्रण गर्न कठिन हुँदैन । लापरबाही गर्दा भयावह हुनसक्छ ।

सरकारले सङ्क्रमण पहिचान गरेर बेलैमा सङ्क्रमण रोक्न परीक्षणको दायरा बढाउँदै लगेको पनि छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाका अनुसार क्वारेन्टिनमा चाप बढी हुँदा हाल प्रयोगशालाको क्षमताभन्दा धेरै नमूना सङ्कलन हुन थालेकाले निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिएर दायरा बढाउन थालिएको हो ।

मुलुकमा औसत दैनिक चारदेखि ६ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ । उपत्यकामा मात्रै दुई हजारदेखि दुई हजार ५०० सम्मको परीक्षण हुन्छ । चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएकोमा अहिले त्यसको स्वरुप परिवर्तन गरी केही खुकुलो गरिएको छ । खुकुलो हुँदा लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञको भनाइ छ ।

बागमती प्रदेशमा ५०५ जना सङ्क्रमित

बागमती प्रदशेमा मात्रै ५०५ जना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने १८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बुधबारसम्मको विवरणअनुसार उपत्यकाका तीन जिल्लामा १५५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले दिएको बुधबारसम्मको विवरणअनुसार उपत्यका बाहेक रसुवामा नौ, नुवाकोटमा १९, धादिङ्मा १२२, चितवनमा ७६, सिन्धुलीमा ११, मकवानपुरमा १७, रामेछापमा २८, दोलखामा चार, सिन्धुपाल्चोकमा ३१ र काभ्रेपलाञ्चोकमा आठ जना छन् ।

यसरी शुरु भएको थियो नेपालमा सङ्क्रमण

चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड–१९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएको थियो । मुलुकमा जेठ पहिलो सातापछि भने सङ्क्रमणको गति बढेको थियो । गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो ।

त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा पुनः फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै चैत ४ मा नेपाल आएकी युवतीको परीक्षण गर्दा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिक ४०० देखि ६०० को हराहारीमा देखिँदै आएको छ । पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि नेपालमा फैलिएको हो ।

Advertisement

–नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top