पाकिस्तानमा श्रद्धालु बोकेको बसलाई रेलले ठक्कर दिँदा १९ जनाको मृत्यु

१९ असार ७७, शनिबार

१९ असार, एजेन्सी ।
पाकिस्तानको लाहोरमा श्रद्धालु बोकेको एक बसलाई रेलले ठक्कर दिँदा १९ जना श्रद्धालुको मृत्यु भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा १९ जनाको मृत्यु र केही घाइते भएका छन् । पूर्वी पाकिस्तानमा शिख समुदायका श्रद्धालु बोकेको एक बसमा रेलले ठक्कर दिएको हो ।

उत्तरपश्चिमी पाकिस्तानको पेशावर शहरका श्रद्धालु बोकेको बस शैकुपुरास्थित नन्कना शाहिब तीर्थस्थलबाट फर्किँदै थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top