कोरोना महामारीपछि विदेशबाट १६ हजार नेपालीको उद्धार

१९ असार ७७, शनिबार

२० असार, काठमाडौं ।

कोभिड–१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड–१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ’ ले जनाएको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागू गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ २१ गतेदेखि सुरक्षित रुपमा स्वदेश फर्काउने कार्य शुरु गरेको हो ।

यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट ३१३, कतारबाट एक हजार ८१२, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, बङ्गलादेशबाट ८४१, मलेसियाबाट एक हजार ५३७, माल्दिभ्सबाट ७०९, यूएईबाट दुई हजार ७३७, सउदी अरेबियाबाट दुई हजार दुई, सिङ्गापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ४२०, संयुक्त राज्य अमेरिकाबाट २८२ र संयुक्त अधिराज्यबाट २२९ नेपाली स्वदेश फिर्ता भएका छन् ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयानुसार कोभिड–१९ विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समितिअन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्न सीसीएमसीको स्थापना भएको थियो ।

पछि सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार उच्चस्तरीय समन्वय समिति विघटन गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न १० मन्त्री सदस्य रहेको सीसीएमसी निर्देशक समिति गठन गरेको हो । समितिले केन्द्र, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सम्बद्ध निकायमार्फत कोभिड–१९ विरुद्ध समन्वयात्मक रुपमा प्रतिकार्य सञ्चालन गर्दै आएको छ ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top