कतारबाट १ हजार ४ सय नेपाली स्वदेश फर्किए

योगेन्द्र योगी
२० असार, दोहा ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म पहिलो चरणको आठौं पटकसम्म आइपुग्दा १ हजार ४ सय ७७ पुगेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार हालसम्म ३४ वटा शव पनि नेपाल पठाइए सकिएको छ । यस्तै दूतावासका अनुसार कतारबाट स्वदेश फर्कने नेपालीले अनिवार्य रुपमा एह्तेरज एप प्रयोमा ल्याउनु पर्ने जनाएको छ ।

यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले यो एप आफ्नो मोबाइलमा डाउनलोड गरी मोबाइला र कतारी आइडी नम्बर हालेर संचालन ल्याउन सकिने दूतावास जनाएको छ ।

कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक–एक वटा उडान भर्ने दूतावासले जनाएको छ ।

यस्तै कतारमा हालसम्म कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९८ हजार ६ सय ५३ जना पुगेको छ । हालसम्म ८८ हजार ५ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय २१ जना रहेका छन् ।

कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध स्थिति सामान्य बन्दै गएको खण्डमा सेप्टेम्बर १ देखि मुलुकलाई सामान्य स्थितिमा फर्काउने तयारी गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top