ओली र प्रचण्डबीचको छलफल सकारात्मक रहेकाे दाबी

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीमा देखिएको समस्या समाधान गर्न नयाँ शिराबाट सहमति गरी अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । पार्टीमा देखिएको आन्तरिक विवाद मिलाउन शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो ।

बैठकमा सहभागी पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भन्नुभयो ‘छलफलमा दुई अध्यक्षले खुलस्त रूपमा आ–आफ्नो कुरा राख्नुभयो । दुवै अध्यक्षले एक अर्काको कुरा सुन्नुभयो । शनिबार पुनः उहाँहरूबीच छलफल हुनेछ ।’ पार्टी एकताको मर्म अनुसार अगाडि बढ्ने विषयमा दुवै जनामा छलफल भए पनि कुनै निचोडमा भने नपुगेका कारण शनिबार पुनः दुई अध्यक्षबीच छलफल हुने बताइएको छ ।

असार १४ गते मदन जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको भनी दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि निवेदन दर्ता गराएपछि असार १० गतेदेखि बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले कार्यसूची छाडेर यिनै विषयमा छलफल सुरु भएको थियो । सो विषय स्थायी कमिटीमा प्रवेश पाएपछि पार्टीमा आन्तरिक विवाद सुरु भएको थियो । छलफल चलिरहेकै बेला मन्त्रिपरिषद् बैठकले चालू संसद् अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक नै प्रभावित भयो । सो बैठक स्थगित गरी शनिबारका लागि बैठक बोलाइएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top