×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

चीनले भन्यो, विस्तारवादको संज्ञा दिएर मोदीले बढाई–चढाई ब्याख्या गरे

२० असार २०७७

२० असार, एजेन्सी ।
भारतीय सुरक्षाकर्मीहरूको हौसला बढाउन लद्दाख पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनतर्फ लक्षित गर्दै विस्तारवादीको युग सकिएको बताएका छन् ।

शुक्रबार बिहान लद्दाख पुगेका मोदीले त्यहाँ रहेका इन्डिया–तिब्बत बोर्डर पुलिस, भारतीय स्थल र वायु सेनाका जवानहरूलाई लद्दाखको निमुमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा राखेका हुन् ।

Advertisement
Advertisement

चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे । उनले चिनियाँ सैनिकसँगको भिडन्तमा घाइते भएका सैनिकलाई भेटे । सैनिकहरुलाई सम्बोधन गरे ।

चीनसँगको भिडन्तमा देखाएको साहसको चर्चा घर–घरमा रहेको भन्दै मोदीले सैनिकको हौसला बढाउने प्रयास गरे । मोदीले सम्बोधनको क्रममा चीनको नाम लिएनन्, तर उनले बिस्तारवादको युग समाप्त भएको बताए । मोदीको टिप्पणीप्रति चीनले आफ्नो प्रतिक्रिया दिएको छ ।

दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले ट्वीट गरेर मोदीको टिप्पणी खारेज गरेका छन् । उनले लेखेका छन्, ‘चीनका १४ छिमेकी मध्ये १२ देशसँग शान्तिपूर्ण वार्ताको आधारमा सीमा निर्धारण भएको छ, यसले स्थल सीमालाई मित्रवत सहयोगको बन्धनमा बाँधेको छ ।

छिमेकीसँग चीनको मतभेदलाई बढाई–चढाई गरी, कपोलकल्पित रुपमा प्रस्तुत गर्नु र त्यसलाई बिस्तारवादको रुपमा देखाइनु आधारहीन छ ।’ चीनसँगको सीमा विवादमा कडा रुपमा प्रस्तुत नभएको भन्दै आलोचनाको केन्द्रमा आएका मोदी शुक्रबार अप्रत्याशित रुपमा लेह गएर सेनालाई सम्बोधन गरी राष्ट्रियताको मुद्दामा आफू अडिग रहेको देखाउन खोजेका हुन् ।

तर त्यहाँ उनले गरेको सम्बोधनले शान्तिपूर्ण रुपमा वर्तमान समस्या समाधानको प्रयासमा भने केही असर गर्ने देखिएको विश्लेषण छ । गएको जुन १५ को राति चीनसँगको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो ।

अरु ७० भन्दा बढी भारतीय सैनिक घाइते भएका थिए । चीन तर्फ पनि हताहती भएको दाबी गरिए पनि अहिलेसम्म त्यसको कुनै आधिकारिक जानकारी आएको छैन र चीनले पनि यसबारे केही बताएको छैन । सो भिडन्तपछि भारत र चीनबिच समस्या समाधानका लागि सैन्य तथा कूटनीतिक तहमा वार्ताहरु भएका छन् ।

Advertisement

दुवै पक्ष शान्तिपूर्ण रुपमा समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए पनि आरोप–प्रत्यारोपको क्रम भने रोकिएको छैन ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top