पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न

१९ असार ७७, शनिबार

२० असार, कास्की ।

राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो ।

रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको बताइन्छ ।

Advertisement

त्यसैगरी भवन, ह्याङ्गर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी रहेको उनले जानकारी दिए ।

आयोजना प्रमुख मुनकर्मीले भने, “हालको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिने अवस्था भने आएको छैन ।” बन्दाबन्दीमासमेत आयोजनाको कामले निरन्तरता पाएको हो । गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक १०० नेपाली र २५० चिनियाँले बन्दाबन्दीसमेतमा काम गरिरहेका छन् ।

Advertisement

यसअघि सो आयोजनामा ५०० मजदुरले काम गर्दथे । अङ्ग्रेजी नयाँ वर्ष मनाउन घर गएका कतिपय चिनियाँ कामदार कोरोनाका कारणले काममा फर्कन नपाउँदा आयोजनाको काम छ महिना आंशिक प्रभावित भएको बताइन्छ । तोकिएको मितिभन्दा छ महिनाअघि आयोजना सम्पन्न गरी परीक्षण उडान शुरु गर्ने लक्ष्य राखिएको थियो । कोरोनाका कारणले निर्माण सामग्री र जनशक्ति अभाव हुँदा काम प्रभावित भएकाले पछिल्लोपटक सम्झौतामा उल्लेख समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिभिलतर्फका अधिकांश काम सम्पन्न भएकाले तोकिएको मितिमा आयोजनाको काम पूरा हुने विश्वास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इञ्जीनियरिङ कम्पनीबीच सन् २०१४ मा विमानस्थल निर्माणको सम्झौता भएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ । इपिसि (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकायो)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो । पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान मात्र अवतरण गर्न मिल्ने बताइन्छ ।

सामान आयो, जनशक्ति अभाव

लामो समय भारतको कोलकाता बन्दरगाहमा रोकिएको आयोजनाका निर्माण सामग्री पोखरा आइपुगेका छन् । चार महिनाअघिदेखि कोलकातामा रोकिएका नौ कन्टेनर सामान हालै आयोजनास्थलमा आएपनि चीनबाट आउनुपर्ने मजदुर तथा केरुङ नाकामा रोकिएका सामग्री भने अझै आइनपुग्दा काम प्रभावित भएको आयोजनाले जनाएको छ । ट्रान्सफर्मर, डेकोरेशन तथा स्ट्रक्चर, पार्टस् तथा सिमेन्टलगायतका सामग्री बन्दरगाहमा रोकिएकामा केही दिनअघि मात्र ल्याइएपछि आयोजनाको काम रोकिने अवस्था नरहेको बताइन्छ ।

मौज्दात सामग्रीले बन्दाबन्दीमा काम सञ्चालन भए पनि लामो समय रोकिएका सामान ल्याउन नसकेको खण्डमा असारदेखि काम ठप्प हुने आयोजनाले जनाएको थियो । “रोकिएका सामग्री त आयो तर अझै चिनियाँ मजदुर ल्याउन बाँकी छ, सामान आएर मात्र समाधान होइन, सम्बन्धित काममा दक्ष जनशक्ति नहुँदासम्म काम प्रभाति हुने अवस्था रहन्छ, यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग कुरा गरिरहेका छौँ”, मुनंकर्मीले भने । आयोजनाको कतिपय काम चिनियाँ मजदुरले गर्नुपर्ने भएकाले समेत उनीहरु नआउँदासम्म काम प्रभावित हुने बताइन्छ ।

केरुङ नाकामा रोकिएका आयोजनाका निर्माण सामग्रीसमेत नेपाल ल्याउनका लागि आवश्यक सहयोग मागिएको आयोजनाले जनाएको छ । विमानस्थलका लागि साविक छिनेडाँडा हाल पोखरा–१४ मा विसं २०३२ मा तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि ५२१ रोपनी तथा पछिल्लोपटक थप १०४ रोपनी जमिन अधिग्रहण प्रक्रिया शुरु भएसँगै विमानस्थलले कूल तीन हजार ७२५ रोपनी क्षेत्रफल ओगट्ने छ । पर्यटकीय शहर पोखरामा सो विमानस्थल सञ्चालनमा आएसँगै विश्वका विभिन्न शहरमा सिधा हवाई सम्पर्क स्थापित हुने भएकाले थप पर्यटन प्रवद्र्धन हुने विश्वास पोखरेलीले लिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top