प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गर्नेलाई कारबाहीको माग

२० असार,विराटनगर ।
नेकपा पार्टी पदाथधिकारी र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीबस्च बढेको विवादका बीच देशका विभिन्न ठाँउहरुमा पछिल्लो समय प्रर्दशन हुदै आएका छन् । पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताविरुद्ध शुक्रबार विराटनगरमा प्रदर्शन गरेका थिए । सो प्रर्दशनमा सहभागीता जनाएकाहरुलाई कारबाहीको माग गर्दै मोरङको नेकपा पार्टी कार्यालयमा धर्ना समेत दिएको छ ।

शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतालाई गाली गलौज गरिएको भन्दै दाहाल र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिएका छन् ।

Advertisement

पार्टी नेताहरुलाई दबाब दिन अनेरास्ववियूका नेता ओसिम आलमको नेतृत्वमा ४ दर्जन बढी युवाहरु पार्टी कार्यालय पुगेका थिए । विद्यार्थी नेता आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजीनामा माग्दै सडकमा आउने बताए । उनले सडकमा शीर्ष नेताहरुको बद्नाम गर्नेगरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्ने बताए ।

सो अवसरमा मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथा नाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताए । उनले युवाहरुले पार्टी एकताको पक्षमा र नेताहरुलाई मिल्नुपर्ने दबाब दिनुपर्ने बताए । यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top