संसद अधिवेशन अन्त्यको समर्थनमा देखिइन् मन्त्री पद्मा अर्याल

१९ असार ७७, शनिबार

२० असार, काठमाडौँ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसद कारबाहीले मेल नखाने बताएकी छन् । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उनले बताइन् । संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने बताइन् ।

बजेट ल्याउनका लागि मात्रै सरकारले संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै उनले अहिले छलफलका कुनै एजेण्डा र विजनेश नभएकाले बन्द भएको बताइन् । उनले भनिन्–‘‘पार्टीको स्थायी समिति बैठकका एजेण्डा र चालु संसद अधिवेशन मेल खाँदैन । अधिवेशन कहिले बोलाउने, कहिले बन्द गर्ने, संसदलाई के विजनेश दिने त्यो सरकारको कुरा हो । हामीले बजेट ल्याउनु थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनु प¥यो बोलायौँ । बजेट पास भयो केही विधेयकहरु छलफल गर्नुपर्ने थिए सहमति जुटेन विजनेश थिएन् । संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन् नी । त्यसैले रत्यौली खेल्न संसद चाहिएन् । एजेण्डा थिएन विजनेश थिएन सरकारले रोक्यो । यसमा स्थायी समिति र यसको कहि मेल खाँदैन ।’’

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवशरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पु¥उयाएको पनि बताइन् । सरकारले व्यवसायीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काम गरिरहेको भएपनि अहिले परिस्थितिले जोखिम सिर्जना गरेको उनको भनाई छ । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले ‘डिस्र्टब’ गरेको उनको भनाई छ ।

Advertisement

राजनीतिक दलहरुभित्र बहस, छलफल, आलोचना र आत्मालोचना हुने भएपनि अशिष्ट ढंगले भयो भने त्यसले नकारात्मक परिणाम ल्याउने उनले बताइन । पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरिन् । उनले कसैको आलोचना गर्दा कागज पोलेर खरानी हुनेगरी गर्न नहुने जिकिर गरिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top