×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

२१ असार २०७७

२१ असार, काठमाडौँ ।
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।

 यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । यो असार शुक्ल पूर्णिमाको दिन पर्दछ ।

Advertisement
Advertisement

आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेद­वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् । शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरी उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ। यसैले भनिएको छ –

गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ।
यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।

पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ ।

गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ।

Advertisement

द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top