ब्राजिलमा मास्क अनिवार्य नगरिने

२१ असार ७७, सोमबार

२१ असार, ब्रासिलिया।

ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको कार्यान्वयनमा कडाइ नगरिने भएको छ। राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् ।

यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाउनुभएको अल जजिराले जनाएको छ । चर्च, पसललगायत ठाउँमा जाँदा वा रहँदा मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, “व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जाँदा वा रहँदा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था हटाइएको छ ।”

Advertisement

उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था संविधानविपरीत भएकोसमेत उल्लेख गरेका छन् । राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यसअघि हरेक सार्वजनिक क्षेत्रमा सम्बन्धित अधिकारीहरूले मास्क उपलब्ध गराउनुपर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरूको सम्बन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनुपर्ने व्यवस्था स्वतः हटेको छ ।

ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १५ लाखभन्दा बढी पुगेको अधिकारीहरूले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी ब्राजिलमा एकै दिनमा झण्डै एक हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा सङ्क्रमितहरूको सङ्ख्या ३७ हजार ९२३ रहेको र मृत्यु भएकाहरूको सङ्ख्या एक हजार ९१ रहेको जनाइएको छ ।

रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top