×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

असार २५ पछि सवै नदीनालामा पानीको बहाव बढ्ने, बहाव खतराको तहसम्म पुग्न सक्ने

२२ असार २०७७

२२ असार, काठमाडौं (रासस) । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ ।

असार २६ देखि २९ गतेसम्म धेरै स्थानमा नदी कतै सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पू्र्वसावधानी अपनाउन भनिएको छ । असार २६ देखि २९ गतेसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।

Advertisement

यस्तै प्रदेश नं १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार एक सूचना जारी गरी सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न समयमै अनुरोध गरेको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा मुलुकभरको १३० वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी डडेलधुराको वर्षामापन केन्द्रमा १२४ दशमलव पाँच मिलिमिटर पानी परेको छ । यस्तै सात वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

Advertisement

छब्बीस केन्द्रमा २५ मिलिमिटर, ५२ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको जनाइएको छ । पछिल्लो चौबिस घण्टामा २४ विपद्का घटना भएको प्राधिकरणले जनाएको छ । अहिले असारमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले शुरुमै कुनकुन क्षेत्रमा असर गर्नसक्छ भन्ने कुरा सार्वजनिकरुपमा जानकारी दिन थालिएको छ । (रासस)

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top