×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

कांग्रेस कुनै पनि परिस्थितीमा सरकारमा नजाने

२२ असार २०७७

२२ असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागि नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्र्दभमा उनले भने, ‘यो या त्यो परिस्थिति उत्पन्न भएपनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ ।’ उनले अगाडी भने, ‘‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ । प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन् । कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन् विगतमा तर त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ । तर अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने अवस्थामा छैनौँ किनकी जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।’’

Advertisement
Advertisement

कांग्रेस सरकारमा जान लाग्यो की भन्ने आशंकामा नरहन उनले पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गरेका छन । प्रधानमन्त्री ओली र सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अन्य नेताहरुले पनि देउवासँग भेटघाट गरेपनि पार्टीभित्रको आन्तरिक द्वन्दमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो की भन्ने खालको आफ्नो नेतृत्वबाट आएको विषयलाई भ्रमका रुपमा नलिन नेकपा नेताहरुलाई उनले आग्रह गरे । प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस भन्ने मान्यता नराख्ने पनि बताए । जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने उनले बताए ।

सरकारले गरेका राम्रा कामहरुको समर्थन र कमजोरी गर्दा औला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उनले बताए । संसद अधिवेशन अन्त्य हुनुभन्दा एकदिन अगाडी सभापति देउवासँग भेटभएपनि त्यो विषयमा कुनै पूर्व सूचना प्रधानमन्त्रीले नदिएको उनले बताए । विधि र प्रचलित मान्यता अनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख राष्ट्रियसभाका अध्यक्षलाई हुनुपर्ने भएपनि त्यस्तो नभएको उनले बताए ।

Advertisement

उनले राष्ट्रपतिलाई संस्थाहरुको रुपमा नभएर व्यक्तिको रुपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको बताए । पार्टीको केन्द्रिय कार्यसमिति बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका नेताहरुले महाधिवेशनको कार्यतालिका लगायत पछिल्ला राजनीतिक घटनाक्रमहरुका विषयमा पनि आफ्ना विचारहरु राखिरहेको बताए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top