NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

पर्यटक तान्दै माझठानाका झरना

सोमवार असार २२ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
पर्यटक तान्दै माझठानाका झरना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ असार, पोखरा ।

पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ ।

दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

Advertisement

झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भनेसँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको छ । जेठ महिनादेखि मङ्सिरसम्म झरनामा पर्याप्त पानी हुने भए पनि बाँकी महिना भने पानीको मात्रा कम हुने गरेको छ । दुईवटै खोलाबाट पाइप विस्तार गरी खानेपानीको व्यवस्था गरेपछि झरनामा पानी घटेको हो । खानेपानीको अन्य विकल्प सोच्ने हो भने १२ महिना नै झरना देख्न सकिने सम्भावना छ ।

यसअघि २०७३ सालमा स्थानीय पहलमा नेटादेखि झरनासम्म पुग्ने मोटर बाटो निर्माण गरिएसँगै सो क्षेत्रमा बाँझो र सुक्खा जमिनमा सिँचाइ सुविधा पु¥याइएको थियो । सिँचाइसँगै उत्पादनमा वृद्धि हुनुका साथै यो स्थल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको रोलाखोला निलिरह पर्यटन पूर्वाधार समितिका अध्यक्ष भोजराज भूर्तेलले जानकारी दिए ।

“पहिले झरनासम्म मानिससमेत पुग्नसमेत अप्ठ्यारो थियो, नयाँ ट्र्याक र सिँचाइ कुलो निर्माणमा रु १५ लाख खर्च भएको छ”, उनले भने– “बाटो निर्माणसँगै यतिखेर झरनाले पर्यटकीय गन्तव्यको रुप लिएको छ ।” बाटो निर्माणपछि झरनाको आकर्षण बढेको र सिँचाइ कुलोले सयौँ रोपनी बाँझिएका जमिनमा अहिले रोपाइँ भइरहेको स्मरण गर्दै उनले त्यसका लागि स्थानीय बाँस्तोला समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

झरनासम्म पुग्नका लागि कच्ची मोटर बाटो निर्माण भएसँगै पर्यटन पूर्वाधार समिति एवं स्थानीय जनप्रतिनिधिसहितको भेलाले ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिलाई क्यानोनिङ सञ्चालन र पूर्वाधार विकास गर्न पाँचवर्षे सम्झौता गरेको थियो ।

पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीका अनुसार यस स्थललाई स्थानीय बासिन्दासँगको सहकार्यमा वडाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । “झरनाको प्रचारप्रसारका साथै आवश्यक भौतिक संरचना निर्माणमा गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यक छ”, उनले भने, “यसका लागि स्थानीय पहल एवं जागरुकता अपरिहार्य छ ।” झरनासम्म पुग्ने बाटो, पानी पर्दा ओत बस्ने ठाउँ, चेन्जिङरुम, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना तयार गरेर आगन्तुक आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा पु¥याउन तत्काल पहल गरिने उनले बताए ।

यहाँको प्राकृतिक सुन्दरतालाई पर्यटन बजारमा प्रवद्र्धन गर्दै स्थानीय उत्पादनसँग जोडेर थप आयआर्जन गरिने उनले बताए । स्थानीयवासी सूर्य बाँस्तोलाका अनुसार प्रचारप्रसारको अभावमा पनि पछिल्लो समय झरनामा क्यानोनिङ गर्ने, हेर्ने, र छहराको शीतलतामा रमाउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

“एकै स्थानमा दुई वटा झरना कमै स्थानमा पाइने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्”, उनले भने– “पछिल्लो एक महिनादेखि दैनिक ५०० देखि एक हजार ५०० दर्शकले झरनाको अवलोकन गर्दै आनन्द लिदै आएका छन् ।”

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म विशेषतः युवावर्गको घुइँचो लाग्ने गरेको बताउँदै उहाँले झरनालाई स्थानीयवासीको आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीका अनुसार यतिखेर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढे पनि साहसिक खेल क्यानोनिङ गर्नेको सङ्ख्या भने बढ्न सकेको छैन ।

उनका अनुसार संस्थाले क्यानोनिङका लागि नेपालीलाई प्रतिव्यक्ति रु एक हजार ५०० एवं बाह्य पर्यटकको हकमा भने प्रतिव्यक्ति ७० डलर निर्धारण गरेको छ । पाँच जनाको समूहमा आएमा जनही ६० डलर र त्योभन्दामाथिको सङ्ख्यामा एक जना बराबर ५० डलर शुल्क लिने व्यवस्था गरिएको छ । झरनामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार निर्माणमा छ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

कम्पनीले सो स्थानमा पुग्ने पर्यटकको सुविधाका लागि दुवै झरनाको बीचभागमा करिब ५० जना दर्शकलाई ओत बस्ने ट्रष्ट भवन, चेञ्जिङरुम र शौचालय निर्माण गर्ने तयारी गरिरहेको उनको भनाइ छ । पोखरा अर्घौका २१ वर्षीय प्रदीप अधिकारीले रोला झरनाको क्यानोनिङ अन्यत्रकोभन्दा सुरक्षित र आनन्ददायी भएको अनुभव सुनाए ।

गर्मी मौसममा चिसोपानीसहितको झरनामा डोरीको सहायताले ६५ मिटरको उचाइबाट झर्दा छुट्टै आनन्दको महसुस भएको उनले बताए । प्रचारप्रसारको अभावका साथै पूर्वाधार विकास हुन नसकेका अवस्थमा पनि झरनामा आउनेको सङ्ख्यामा दिनानुदिन वृद्धि भएको स्थानीय राधाकृष्ण भूर्तेल बताउँछन् । पृथ्वीराजमार्गको तालचोकदेखि वेगनासताल खण्डकको शिशुवा तथा मोहोरीयाबाट लामास्वारा, स्याखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ । बाटोमा पोखराको तालमध्येको दोस्रो ठूलो वेगनासताललाई विभिन्न आकारमा देख्न सकिन्छ भने आसपासका अन्य ताललाई पनि नजिकबाट नियाल्न सकिन्छ ।रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.