×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

कोरोनाको कहर र हाम्रो कर्तब्य

२२ असार २०७७

✍आभाष फुयाल

Advertisement
Advertisement

विश्व काेराेना भाइरसका कारण आक्रान्त बनिरहेको छ । यो आलेख लेखिरहँदा सम्मको डाटा अनुसार विश्वमा काेराेना संक्रमितकाे संख्या १ करोड १५ लाख ९८ हजार १३३ जना पुगेको छ । हालसम्म ६५ लाख ६२ हजार ५५१ जना निको भएका छन् । विश्वमा ५ लाख ३७ हजार ६ सय १६ जना कोरोना संक्रमितको भने मृत्यु भएको तथ्यांक छ । चीनको वुहानबाट डिसेम्बर अन्तिमबाट सुरु भएको कोभिड–१९ अर्थात कोरोना भाईरसले आज विश्वलाई आक्रान्त पारिरहेको छ। विश्व स्वास्थ्य सनंगठनले सन २०२० मार्च ११ मा विश्व महामारीको रुपमा यसलाई घोषणा गर्याे। नेपालमा पहिलो कोभिड–१९ को सङ्क्रमण जनवरी २३ मा वुहानबाट फर्किएका ३१ वर्षिय युवालाई पुष्टी भएको थियो। विश्व लकडाउनमा पसिसकेको थियो । विश्व सँगै नेपाल सरकारले पनि मार्च २४ देखी लकडाउन घोषणा गर्यो। आज नेपाल कारीब १०४ दिन देखी लकडाउनमा छ। करिब ३ जना सङ्क्रमित हुँदा गरिएको लकडाउन आज १५ हजर सङ्क्रमित हुँदासम्म यथावत रहेको छ तर फरक मोडालिटीमा । हालसम्म नेपालमा १५ हजार ७८४ जनामा सङ्क्रमण पुष्टी भइसकेको छ । त्यस्तै दिनदिनै मृत्यु हुनेको संख्या बढ्ढो छ। ३५ जनाले आफ्नो ज्यान गुमाइ सकेका छन् । त्यस्तै एक हजार ४१५ जनाले कोरोना जिती घर फर्केका छन् ।

देश लक डाउनमा छ तर पछिल्लो पटकको सरकारको निर्णय अनुसार लकडाउन चरण अनुसार खोल्दै जाने भनिएको छ । पहिलो चरणको मोडालिटी २१ दिन लाग्ने भनिएको थियो तर बढ्ढो जोखिमलाई मध्यानजर गर्दै सरकारले यो चरण साउन ७ गतेसम्म लम्ब्याएको छ। स्वास्थ्य मन्त्रालयले सामाजिक दुरी , माक्स स्यानिटाइजरको प्रयोग घर बाहिर निस्कँदा प्रयोग गर्नु भनी निर्देशन दिएको छ तर त्यो पालना अधिकांशले गरेको देखिएको छैन।

बढ्दो कोरोना जोखिम
लक डाउन केही खुकुलो भाईरहँदा काठमाडाैँ उपत्यका उच्च जोखिममा पर्दै गएको देखिन्छ। दैनिक सयाैँ सवारीसाधन उपत्यका भित्री रहेको छ। अधिकांश कोरोना सङ्क्रमित जिल्ला बाट आएको देखिन्छन । उपत्यका प्रवेश गरेपछि क्वेरन्टाइनमा नबसेर बाहिर हिँड्दा उप्त्यका असुरक्षित रहेको आभास गर्न सकिन्छ। केही समय अघि  Center for Molecular Dynamic Nepal ( CMDN ) ले गरेको एक अध्ययनले काठमाडौंको २ वटा ढलमा कोरोना भाइरस गराउने सार्स भेटेको जनाएको छ। उपत्यकाको ४ वटा ढलको नमुना परिक्षण गर्दा २ वटामा कोरोना भाइरस पुष्टि भएको छ। यस अध्ययनमा लागेका वैज्ञानिक डा. दिवेस कर्मचार्यले उपत्यकामा भाइरस भित्रभित्रै समुदायमा फैलिएको भन्ने जानकारी दिएका छन । त्यस्तै जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणी दिक्षितका अनुसार यदि थोरै परीमाणमा भाइरस भएको भए ढलको नमुनामा भाइरस छ भनि नदेखिने भएकाले उपत्यकामा धेरै मानिसमा भाइरस फैलिएको हुन सक्ने बताएका छन । यसले उपत्यकामा कतै भित्र भित्रै कोरोना समुदायमा फैलिसकेको त छैन भन्ने आशंका उब्जाएको छ । उपत्यकामा भित्र भित्रै समुदायमा फैलिएको छ कि भन्ने कुरा उपत्यकामा देखिएका केही कोरोनाको केसले प्रमाणित गर्छ । आजसम्म काठमाण्डाैँमा भेटिएका केही सङ्क्रमितको नत कुनै ट्राभल हिष्ट्री छ नत कुनै श्रोत नै । तिनकुने , कोटेश्वर, भक्तपुर, खुशीबु , कागेश्वोरी , नख्खु , कपन, मैतिदेवी, बोडे,प्युटार, टोखा, शंखमुल का १–१ जनाको श्रोत अझै खुलेको छैन । यसले केही हदसम्म समुदायमा कोरोना फैलिसकेको हो कि भन्ने प्रमाणित गर्छ । टेष्टको दायारा बढाउने हो भने समुदायमा भएको नभएको थाहा हुन्छ। उच्च जोखिमको आधारमा टेष्टको दायारा फराकिलो पारी चाडो भन्दा चाडो कोरोनाको अवस्था पत्ता लगाउनु पर्छ होइन भने भोली महामारी लिन सक्छ।

यदि अहिले भन्दा डरलाग्दो भयो भने?
विश्वव्यापी रुपमा गरिएको भाइरस सम्बन्धिको एक अध्ययनले पछिल्लो क्रममा नयाँ भर्सनको भाइरस संक्रमण अत्यन्त तीव्र रुपमा फैलिदै गएको नयाँ तथ्य सार्वजनिक गरेको छ । नयाँ भर्सनको कोरोना भाइरस युरोप देखि युएसतर्फ तीव्र रुपमा गएको प्राप्त प्रमाणसहित अन्वेषकहरुले सो अध्ययन निस्कर्ष सार्वजनिक गरेको छ। यसरी कोरोनाले आफ्नो स्वरुप परिवर्तन गदै गएको छ। नयाँ रुप कती खतरनाक छ त्यो अनुसन्धानको पाटो होला तर हामी यसलाई हलुका लिईरहेका छाैँ र लापबाही गर्दै कुनै स्वास्थ्य मापदण्ड बिना लखर लखर हिँड्दै बस्छौँ र सरकारले लक डाउन कडाइ गरेन भनेर सरकारलाई गाली गर्छौँ।

लकडाउन खुकुलो गरिएको देशमा कोरोना सङ्क्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनको अध्य्यनले देखाएको छ। चीनले पुनः केही स्थान विशेषका लागि लकडाउनको घोषणा गरेको छ । वुहान प्रदेश संगैको शहरमा संक्रमणका केहि केशहरु देखा परेकाले चीन सरकारले सो स्थानमा पुनः लक डाउनको घोषणा गरेको छ। त्यस्तै स्पेनका केहि ठाउँमा पनि पुन लकडाउन घोषणा गरेको छ। गत वर्षको अन्त्यतिर कोरोना भाइरसको पहिलो केश देखा परेलगत्तै हालसम्म चिन संक्रमणको संख्या नियन्त्रण गर्न सफल हुदै आएको छ । देश महामारीको दोस्रो वेभ(चरण) मा नपुगोस भन्नका निमित्त चिनको सरकारले साना–साना केशहरुलाई पनि गम्भीर रुपमा लिने गरेको छ । विश्व शक्ति त्रासमा छन् तर हामी यती हलुका गरी लिरहेका छौँ सायद इटालीको अवस्था बिर्सियाैँ जस्तो छ। त्यस्तै ईरानले पनि पुनः लकडाउन घोषणा गरेको छ। तर, हामीलाई लकडाउन केबल मजाकको बिषय भएको छ। सरकारले घर बाहिर ननिस्कन अपिल गरिरहेको छ तर हामी अत्यावश्यक काम नपरी लखर लखर हिँड्छाैँ। यदी कोरोनाले स्वरुप परिवर्तन गरी अझ खतरानाक हुने हो भने भोली के होला भन्न नसकिएला त्यसैले हेल्चेक्र्याँई नगरौँ।

अर्काे डरमर्दाे तथ्याङ्क के छ भने कोरोना मुक्त भएकालाई समेत पुनः कोरोना सङ्क्रमित भएको पाइउको छ । यसले कोरोना भाइरस शरीरमा कहिलेसम्म बाँच्ने हो यकिन भन्न सक्ने अध्ययन भेटिएको छैन। नेपालमा समेत निको भएको ३ जनामा पुन सङ्क्रमण पुष्टि भएको थियो। आजसम्म कुनै पनि खोप आविस्कार भएको छैन। करिब डेढ करोड मानिस सङ्क्रमित हुँदा समेत खोप आविस्कार भएको छैन त्यसमा पनि यदि दोस्रो लहर आए के गर्ने चिन्ता विश्व जगतमा हुँदा हामीलाई भने अहिले नै कोरोना भाईरस सामान्य लागि रहेको छ । दक्षिण एसियाली मुलुकमा भारत, पाकिस्तान, अफ्गनिस्तान लगायतका मुलुक भन्दा कोरोना टेष्टमा नेपाल अगाडि भएता पनी अझै कोरोना परिक्षणको दायारा नपुगेको आभास भएको छ। यदी अबपनी कोरोना परिक्षणको दायारा नबढाइने हो भने भोली भयावह अवस्था आउन सक्छ र समुदायमा ब्यापक असर गर्न सक्छ, त्यसैले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थप सचेत हुनु निकै जरुरी रहेको छ।

सामाजिक दुरीको सत्यानास
सरकारले लकडाउन केही खुकुलो गरेको छ। त्यही पनि जोखिमलाई मध्यनजर गरी अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्के पनि २ मिटर को दुरी अपनाउने, माक्स अनिवार्य लगाउने जस्ता सुरक्षा सावधानी अपनाउनु भनेको छ। तर, लखर लखर हिंड्ने त्यसमा पनि साथीभाइ जम्मा गर्ने र हिंड्ने प्रवित्तिले झन जोखिम निम्त्याएको छ। आफु सुरक्षित रहन पनि सामाजिक दुरी पारीपालना गर्नै पर्छ । शायद हाम्रो आत्मबल बढे जस्तो छ त्यसैले त हामी सामाजिक दुरी कायम गर्दैनाैँ न माक्स नै प्रयोग गर्छौ यसले भोली भयावह अवस्था निम्त्याइ रहेको बारेमा अनविज्ञ रहेका छाैँ । बिगत लामो समयदेखी बन्द भएको सरकारी कार्यालयको पनि उस्तै दुर्दशा छ जहाँ नत कर्मचारीले सामाजिक दुरी अपनाएको पाईन्छ नत सेवाग्राहीले नै। सामान्य किरानाको पसलमा समेत सामाजिक दुरी लगायत सुरक्षा अपनाएको पाइँदैन जसले गर्दा सङ्क्रमणको जोखिम झन बढ्दो गएको छ।

जनतालाई मात्र के भनौ नेता जो निति नियम बनाउँछन उनीहरुले नै सामाजिक दुरीको सत्यानास गरेपछि जनतालाई मात्र के दोष दिनु र खै ?
आजै एउटा प्रतिज्ञा गर्न जरुरी रहेको छ म सुरक्षित रहे मेरो परिवार , छिमेकी, सहर र सिंगो मुलुक नै सुरक्षित रहन्छ । त्यसैले सरकारले भनेको हरेक कुरा म मान्छु। सामाजिक दुरी कायम गर्छु, माक्सको अनिवार्य प्रयोग गर्छु र सचेत नागरिकको भूमिका निर्वाह गर्छु।

विभिन्न देशका २३९ वैज्ञानिकले फेला पारेको नयाँ तथ्य
न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् । तर अझै विश्व स्वास्थ्य संगठनले यो मानेको छैन्। यदि यो पुष्टि भएको खण्डमा झन भयावह अवस्था आउन सक्छ । प्रात्येक कदम कदममा थप जिम्मेवार र सतर्क रहन निकै जरुरी रहेको छ।

टेष्टको दायरा बढाउनु पर्ने आवश्यकता
सरकारले हालसम्म २ लाख ४६ हजार पिसिआर टेष्ट गरिसेको छ । यो सकारात्मक पाटो हो । प्रयोगशालाको अभावमा हङकङ पठाउनु पर्ने बाध्यता अन्त्य गरि २५ ठाउँमा प्रयोगशाला सञ्चालनमा ल्याइ नेपालमै परिक्षण सुरु गराउनु सफल कदम हो। यसका लागी नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। तर अहिले ती प्रयोगशालामा पनि कोरोना परीक्षण मजाले हुन सकेको छैन । सरकारले थप ८ वटा प्रयोगशाला स्थापना गर्ने भनि प्रक्रिया अघि बढाएको छ , त्यो सकारात्मक पक्ष हो । तर बोलीमा भन्दा काममा यसको असर देखिनु पर्छ । दिनहुँ भारत लगायत तेस्रो मुलुकबाट हजाराैँ मानिस भित्रीरहेका छन । क्वारेनटाइनमा राखेकाहरुको परिक्षणको नतिजा आउन ३–४ दिन लाग्ने बाध्यता रहेकाले मानिसहरुमा नकारात्मक मनोवैज्ञानिक असर पर्ने भएकाले पनि चाँडो नतिजा सार्वजनिक गर्न पुर्वाधारको अभिवृद्धि गरी परीक्षणको दायरा बढाउन अत्यावश्यक रहेको छ।समुदायमा फैलिएको आशंका बिच परिक्षणको दायरा फराकिलो गर्न निकै जरुरी रहेको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो प्रतिज्ञामा कमिकमजोरी देखाउने बेला पक्कै होइन, कर्तव्य निष्ट हुने बेला हो यो। भोलिको अवस्थालाई मध्यनजर गरी कुनै ढिलासुस्ती बेगर कोरोना परीक्षण थप व्यवस्थित र फराकिलो पार्न निकै जरुरी रहेको छ।

दिनदिनै सङ्क्रमण बढ्दो अवस्थामा छ । विश्व स्वास्थ्य संगठनले Spanish Flu सगँ जोडि कोरोनाले अझै भयावह र मानव जगतमा ठूलो असर गर्ने भनि भनिरहेको बेला लापरबाहि नगरी सामाजिक दुरी कायम गर्ने , माक्स लगाउने , स्यानिटाइजर प्रयोग गर्ने गरौ जथाभावि हिडेर आफु र आफ्नो परिवारलाई स्वास्थ्य जोखिममा राख्ने काम नगरि सचेत नागरिकको कर्तव्य पूरा गरौँ।  त्रसित नबनौँ, सर्तक र सुरक्षित बसाैँ 

Advertisement

(लेखक आभाष फुयाल काठमाण्डौ स्कुल अफ ल , भक्तपुरका विद्यार्थी हुन् । )

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top