साउदीमा अवैधानिक रुपमा रहेका थप ३९ नेपालीले पाए बहिर्गमन भिसा

२३ असार ७७, बुधबार

योगेन्द्र योगी
२४ असार, दोहा ।

साउदीमा ३९ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएकाे पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ३९ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

Advertisement

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको समेत दूतावासले जनाएको छ ।

Advertisement

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै २०४ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् । साथै, वहिर्गमन भिसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने समेत दूतावासले जनाएको छ ।

यसरी बहिर्गमन भिसा प्राप्त गरेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने हुन्छ ।

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top