माननीय किन लगाउँदैनन् मास्क ? कोरोनाले नछुने हो कि ?

२४ असार, काठमाडौँ ।
सरकारले नागरिकलाई मास्कलगाउन अनिवार्य गरेको छ । तर, स्वयं नीतिनिर्माताहरुले नै मास्कको सहि ढंगले प्रयोग गरेका छैनन् । विश्व स्वास्थ्य संगठनले भिडमा जाँदा मास्कलगाउन अनिवार्य भनेको छ तर पनि हाम्रा नीतिनिर्माताहरु जानेर वा नजानेर, बुझेर वा नबुझेर मास्कको प्रयोगमा हेलचेक्रयाई गरिरहेका छन् । हामीले लकडाउन भएयता नीति निर्माताहरुले मास्कको प्रयोग कसरी गरिरहेका छन भनेर देखाउनखोजेका छौं ।

सबैभन्दा पहिला प्रतिनिधि सभाको यो दृष्य हेरौं


यो प्रधानमन्त्री केपीशर्मा ओलीले संघीय संसद अन्तर्गतको प्रतिनिधि सभालाई संबोधन गरेको दृश्य हो । यहाँ प्रधानमन्त्री ओलीले मास्क लगाएका छैनन् । प्रधानमन्त्री अगाडि रहेको माइकलाई कपडाले ढाकिएको छ । तर राष्ट्रिय सभालाई सम्बोधनगर्दा को यो दृष्य हरौँ न याहा उनले मास्क लगाएका छन न त माइकलाई छोपिएको छ ।

Advertisement


फेरी अर्को दृष्य हेरौं


यहाँ संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बोल्दै छन् । समितिमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रणमा अनियमितता भएको सम्बन्धमा छलफल भइरहेको छ । यो बैठकमा सांसद रिजालले मुखमा लगाएको मास्क माइकलाई लाइदिदै भने ‘यसरी भन्दा यसरी सजिलो होला जस्तो छ । यसरी किन खोल्या भन्दा दुईवटै उस्तै हुन् ।’ यसबाट सांसद रिजालले भन्नखोजेका छन् मास्क आफुले लगाएपनि हुने अथवा माइकले लगाएपनि हुने भन्ने बुझिन्छ । यी दुई दृष्यबाट कोभिड १९ संक्रमणबाट जोगिनका लागि मास्कको प्रयोग कति महत्वपूर्ण छ भन्ने कुरा लाई नै माननीयहरुले नजरअन्दाज गरेको देखिन्छ ।
अब यो पनि हेरौं

यो दृश्य संघीय संसद भवनमा सांसदहरु प्रवेश गर्दै गर्दाको हो । बैठकमा सहभागी हुनका लागि अनिवार्य मास्क लगाउन पर्ने निर्देशन सचिवालयले जारी गरेको थियो । सोही निर्देशन कार्यान्वयनका लागि विना मास्कआएका सांसदहरुलाई प्रवेश द्धारमा मास्क र ग्लोभ उपलब्ध गराउने गरिन्थ्यो । मास्क लगाएर आएका सांसदहरुले पनि सचिवालयले उपलब्ध गराएको मास्क हातभरी लिएर जाने गरेकाथिए । तर कतिपय सांसदहरुले चिउडो मुनि मास्क लगाउने र हातमा हल्लाएर हिंडने दृष्यपनि प्रशस्त देखिने गरेका थिए ।
अर्को दृष्य हेरौं

अनिवार्य मास्कलगाउन सर्वसाधारणलाई निर्देशनदिएको भोलिपल्ट मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा स्वयंले सही ढंगले मास्क नलगाएको देखियो । यी त प्रतिनिधि दृष्यमात्रै हुन् । यी सबै दृष्यले सरकार, सरकारका मन्त्री र सरोकारवाला मन्त्रालय मास्कको प्रयोग बारे गम्भिर छैनन भन्ने देखाउँछ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top