प्रधानमन्त्रीकै निर्देशन उल्लंघन, दुई महिनामा चार दर्जन कर्मचारी विदेश भ्रमण !

२ बैशाख ७५, सोमबार

विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का  वैज्ञानिकहरू   विदेश भ्रमण गइरहेका छन्।

नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक ९राजपत्रअनंकित० कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक वैशाखमा विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

यो खबर आजकोनागरिक दैनिकमा छ,नार्कका कार्यकारी निर्देशक डा। वैद्यनाथ महतो एक साताका लागि भन्दै बुधबार मोरक्कोतिर उडेका छन्। उनले  टेकबहादुर गुरुङलाई निमित्त  कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्। उनले गुरूङलाई  निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी  दिएको पत्रमा आफू काम विशेषले काठमाडौं बाहिर जानुपर्ने भएको लेखेका छन्। तर पत्रमा भ्रमण कार्यालय प्रयोजनका लागि हो या व्यक्तितगत प्रयोजनका लागि हो भन्ने खुलाइएको छैन। तर स्रोतका अनुसार उनी कार्यालय प्रयोजनका लागि मोरक्को गएका हुन्।

कृषि वैज्ञानिक तथा प्राविधिक सबै कृषि अनुसन्धानका नाममा धमाधम विदेश जाने गरेका छन्। ती भ्रमण कति फलदायी भए भन्ने मूल्यांकन भने हुन सकेको छैन।

फागुन र चैतमा विदेश भ्रमण गर्ने  वैज्ञानिकहरूमा  लुमा पाण्डे, कमल साह, सुध सापकोटा, रेणुका श्रेष्ठ, शुक्रराज श्रेष्ठ, ध्रुवबहादुर थापा, शेषराम उपाध्याय, सुरज बैद्य, मनोज साह, टेकबहादुर गुरूङ, आनन्द गौतम, घनश्याम मल्ल, रामप्रसाद घिमिरे, प्रमिल केसी, मनीषकुमार ठाकुर, अमृत पौडेल, भोजन खनाललगायत  छन्।

यसैगरी विदेश भ्रमण गर्ने कृषि प्राविधिकमा शिवहरि घिमिरे, बञ्जराज बराल, गौतम श्रेष्ठ, रीता आङदम्बे, शेषराज उपाध्याय, ध्रुव भट्टराई, शिवराम अर्याल, आंशिक राजभण्डारी, रामचन्द्र मिश्र, राजकुमार झा, दिनानाथ तिवारी, अशोक राणा, कृष्णदेव अधिकारीलगायत छन्। धेरैजसो चीन, भारत, मोरक्को, थाइल्यान्ड, अस्टेलिया, नेदरल्यान्ड, फिलिपिन्स, केन्यालगायत देशमा गएका छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top