भारतको सीमा रक्षामा खटिएका एक नेपाली गोर्खा सैनिकको मृत्यु

२६ असार, एजेन्सी । भारतको सीमा रक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् ।

Advertisement

जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि  असार ८ गते जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको थियो । दुवै जना एकै जिल्लाका निवासी थिए ।

Advertisement

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रवार बिहान एक बजेतिर पाकिस्तानी तर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका नेपालको गुल्मी जिल्ला निवासी हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top