भारतको राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ बढ्दै, नेपाल प्रवेश गर्न सक्ने

भारतको राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ बढ्दै, नेपाल प्रवेश गर्न सक्ने

२६ असार, काठमाडौं । भारतको राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढीरहेकाले सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ ।

राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ ।

त्यसैले सीमावर्ती नेपाली क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ । तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाई केन्द्रले भनेको छ ।

भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको उक्त झुण्ड हावाको वहावसंगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको प्लान्ट क्वरिन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्र्तगत रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए ।

सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्र्तगतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको सलहको मूभमेन्ट सम्बन्धी जानकारीमा उल्लेख भएको केन्द्र प्रमुख सुवेदीले जानकारी दिए ।

भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

त्यसमध्येका केही झुण्डहरु केही दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना देखिएको केन्द्रको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.